पुटिन र जेलेन्स्कीबीच वार्ताको सम्भावना बढ्यो

मस्को: टर्कीको इस्तानबुलमा रुस र युक्रेनबीच वार्तापछि रुसले उत्तरी युक्रेन र राजधानी किभनजिकै सैन्य गतिविधि कम गर्ने जनाएको छ । रुसी रक्षामन्त्री अलेक्जेन्डर फोमिनले यसबारे जानकारी दिएका छन् । वार्तामा सहभागी प्रतिनिधिहरूले इस्तानबुल वार्ता सकारात्मक रहेको प्रतिक्रिया दिएका छन् ।
रुसी रक्षामन्त्री फोमिनले भने वार्ता व्यावहारिक रुपमा अघि बढेको भन्दै किभ र चेर्नेगिभ क्षेत्रमा सैन्य गतिविधि घटाउने निर्णय गरिएको उल्लेख गरेका हुन् ।
यस्तै वार्ताका मध्यस्थकर्ता एवं रुसी प्रतिनिधिमण्डलका संयोजक भ्लादिमिर मेडेन्सकीले वार्तामा अर्थपूर्ण छलफल भएको बताएका छन् । साथै युक्रेनी प्रस्ताव रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसमक्ष राखिने उनले जानकारी दिए । उनले इस्तानबुल वार्तालाई पहिलो वार्तापछिकै सबैभन्दा अर्थपूर्ण उपलब्धि भएको प्रतिक्रिया दिएका छन्।

रुसी प्रतिनिधिमण्डलले रचनात्मक रुपमा वार्ता अघि बढेको बताएका प्रतिक्रिया दिएका छन् । साथै वार्तामा आएका प्रस्तावमाथि समीक्षा गरिने उनीहरूले बताए ।
वार्तामा सहभागी अधिकांश प्रतिनिधिहरूले यसलाई सकारात्मक उपलब्धिको रुपमा लिएका छन् । उनीहरूले इस्तानबुलको मंगलबारको वार्तालाई उल्लेखनीय उपलब्धिको रुपमा व्याख्या गरे ।

युक्रेनका केही प्रतिनिधिहरूले भने अहिलेसम्म युद्धविराम भइनसकेको भन्दै केही मुद्दा अझै थाती रहेको बताएका छन् । धेरै मुद्दा अझै समाधान हुन बाँकी नै रहेको उनीहरूको भनाइ छ । साथै क्रिमियाबारे अलग्गै वार्ता आवश्यक रहेको उनीहरूले अडान राखेका छन् । थाती रहेका मुद्दाबारे आगामी दुई साताभित्र फेरि वार्तामा बस्ने प्रस्ताव पनि युक्रेनी वार्ता टोलीले राखेको छ ।

यद्यपि युक्रेनी प्रतिनिधिहरूले इस्तानबुल वार्तापछि अब पुटिन र जेलेन्स्कीबीच वार्ताको सम्भावना बढेको बताएका छन् । मंगलबार टर्कीको इस्तानबुलमा रुस र युक्रेनका प्रतिनिधिहरूबीच वार्ता भएको हो । यसअघि टर्की र बेलारुसमा गरी तीनपटक वार्ता गरिए पनि ती वार्ता सफल हुन सकेका थिएनन् ।

Kamal Panthi

Recent Posts

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago

मध्यरातमै प्रतिनिधिसभा विघटन, फागुन २१ मा आमनिर्वाचन घोषणा

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…

56 years ago