उपासनाले मागिन् ५ लाख पारिश्रमिक

काठमाडौं । दुई वर्षदेखि विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारी कहिले सकिन्छ टुंगो छैन । जसका कारण चलचित्रको काम पनि लयमा फर्किन सकेको छैन । चलचित्रका लागि कलाकारहरु अनुबन्धित भइरहेपनि उनीहरुले काम भने गर्न पाएका छैनन् ।

चलचित्रको काम शुरु नहुँदा अधिकांश कलाकारका लागि म्युजिक भिडियो दर्शकमाझ पुग्ने र आर्थिक लाभ गर्ने राम्रो माध्यम पनि बनेको छ । तर केही कलाकारले भने म्युजिक भिडियोमा काम गर्ने मन बनाएका छैनन् । अनमोल केसी, प्रदीप खड्का, जसिता गुरुङ, धिरज मगर, उपासना सिंह ठकुरी लगायतका कलाकारले भिडियोमा काम गरेका छैनन् ।

तर भिडियोमा काम नगरेका कलाकारले पारिश्रमिक भने चर्को माग्ने गरेका छन् । अभिनेत्री उपासना सिंह ठकुरीले हालै मात्र एक म्युजिक भिडियोका लागि ५ लाख रुपैयाँ पारिश्रमिक मागेको खबर बाहिरिएको छ ।
उपासनाले ५ लाख मागेपछि निर्माण टिम उनलाई भिडियोमा नलिने निर्णयमा पुगेको छ । उपासना चलचित्रकी व्यस्त अभिनेत्री हुन् ।
उपासनाले भिडियोमा काम नगर्ने मनसाय बनाएर चर्को पारिश्रमिक मागेकी हुन् वा उनले भिडियोमा काम गरेको मूल्य नै ५ लाख तोकेकी हुन्, यो भने उनैलाई थाहा होला । केही समयअघि अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले पनि भिडियोमा काम गरेको ५ लाख पारिश्रमिक मागेको खबर बाहिरिएको थियो ।साम्राज्ञीले काम गरेका भिडियोले युटुबमा भ्युज नै बटुल्न नसकेपछि भिडियो मेकरहरु उनीसँग काम नगर्ने सोचमा पुगेको देखिन्छ ।

Kamal Panthi

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago