उपासनाले मागिन् ५ लाख पारिश्रमिक

काठमाडौं । दुई वर्षदेखि विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारी कहिले सकिन्छ टुंगो छैन । जसका कारण चलचित्रको काम पनि लयमा फर्किन सकेको छैन । चलचित्रका लागि कलाकारहरु अनुबन्धित भइरहेपनि उनीहरुले काम भने गर्न पाएका छैनन् ।

चलचित्रको काम शुरु नहुँदा अधिकांश कलाकारका लागि म्युजिक भिडियो दर्शकमाझ पुग्ने र आर्थिक लाभ गर्ने राम्रो माध्यम पनि बनेको छ । तर केही कलाकारले भने म्युजिक भिडियोमा काम गर्ने मन बनाएका छैनन् । अनमोल केसी, प्रदीप खड्का, जसिता गुरुङ, धिरज मगर, उपासना सिंह ठकुरी लगायतका कलाकारले भिडियोमा काम गरेका छैनन् ।

तर भिडियोमा काम नगरेका कलाकारले पारिश्रमिक भने चर्को माग्ने गरेका छन् । अभिनेत्री उपासना सिंह ठकुरीले हालै मात्र एक म्युजिक भिडियोका लागि ५ लाख रुपैयाँ पारिश्रमिक मागेको खबर बाहिरिएको छ ।
उपासनाले ५ लाख मागेपछि निर्माण टिम उनलाई भिडियोमा नलिने निर्णयमा पुगेको छ । उपासना चलचित्रकी व्यस्त अभिनेत्री हुन् ।
उपासनाले भिडियोमा काम नगर्ने मनसाय बनाएर चर्को पारिश्रमिक मागेकी हुन् वा उनले भिडियोमा काम गरेको मूल्य नै ५ लाख तोकेकी हुन्, यो भने उनैलाई थाहा होला । केही समयअघि अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले पनि भिडियोमा काम गरेको ५ लाख पारिश्रमिक मागेको खबर बाहिरिएको थियो ।साम्राज्ञीले काम गरेका भिडियोले युटुबमा भ्युज नै बटुल्न नसकेपछि भिडियो मेकरहरु उनीसँग काम नगर्ने सोचमा पुगेको देखिन्छ ।

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago