जेठमा निर्वाचन नभए पदबाट राजीनामा दिने कांग्रेसबाट निर्वाचित गाउँपालिका अध्यक्षको घोषणा

काठमाडौं । दैलेखको गुराँस गाउँपालिकाका अध्यक्ष खेमराज ओलीले संवैधानिक व्यवस्थाअनुसार आउँदो जेठमा स्थानीय तहको निर्वाचन नभए पदबाट राजीनामा दिने घोषणा गरेका छन् ।
स्थानीय सरकारको अवधि पाँच वर्षको रहने भनी संविधानमा व्यवस्था भएको र त्यही आधारमा आगामी जेठ महिनामा पाँच वर्ष पुग्ने भएकाले यसअवधिमा निर्वाचन नभएमा आफूले गाउँपालिका अध्यक्षबाट राजीनामा दिने ओलीको घोषणा छ ।
वर्तमान गठबन्धन सरकार स्थानीय तहको निर्वाचनको मिति सार्ने तयारीमा रहेको शंका गर्दै उनले तोकिएकै समयमा चुनाव नगरे पदबाट राजीनामा दिने घोषणा गरेका हुन् ।
उनले भनेका छन्, ‘सरकारले चुनाव घोषणा गरेन भने पनि म संविधान र जनताको अभिमतको कदर गर्दै २०७० साल जेठ ४ गते ठिक १ बजे नै जनताका नाममा सपथ खाएको समयमा आफ्नो पालिकाको अध्यक्ष पदबाट राजीनामा दिने घोषणा गर्दछु ।’
नेपाली कांग्रेस दैलेख जिल्ला कार्यसमितिका सचिवसमेत रहेका ओलीले संवैधानिक व्यवस्थाअनुसार स्थानीय सरकारको अवधि आगामी ५ जेठमा सकिने बताए ।
‘हामीले २०७४ साल वैशाख ३१ गते सम्पन्न स्थानीय तहको निर्बाचनमा निर्वाचित भएपछि जेठ ४ गते १ बजे शपथ खाएका हौं,’ उनले भने, ‘अहिलेको सरकारले पनि त्यसै मितिसम्म निर्वाचन गरोस् यदि सरकारले जेठ भित्र निर्वाचन नगरे मैले शपथ खाएको मितिअनुसार नै पदबाट राजीनामा दिन्छु ।’

Kamal Panthi

Recent Posts

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago

मध्यरातमै प्रतिनिधिसभा विघटन, फागुन २१ मा आमनिर्वाचन घोषणा

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…

56 years ago