काठमाडौं: आज बजारले उच्च अंकले बढे तापनि बजारको डाउन ट्रेन्ड ब्रेक भैसकेको अवस्था होइन। बजार २९८३ को बिन्दुबाट खस्दै गर्दा बनेको डाउन ट्रेन्ड ब्रेक गर्न बजारले २९२५ को एरियालाइ ब्रेक गर्नुपर्ने हुन्छ। यदि बजार २९२५ भन्दा माथि माथि नै बस्न सफल हुन्छ भने छोटो समयभित्रै बजारको यात्रा ३११५ सम्मको हुन सक्ने देखिन्छ (फ़िबोनासिको आधारमा) । त्यसैले भोलि बजार बढ्दै गर्दा २९२५ को बिन्दुलाई बजारले भोलुम सहित क्रस गर्छ कि गर्दैन भन्ने कुरा महत्वपूर्ण हुनेछ। बजार २९६० तिर हुँदै सेल सिग्नल दिएको Stoch RSI को फास्ट लाइनले स्लो लाइनलाइ तलबाट काटेर
माथितिर जान थालेको छ। अहिले Stochastic RSI १४ को लेभलमा छ, यदि भोलि यो २० भन्दा माथि गयो र बजार पनि २९२५ भन्दा माथि नै बस्न सक्ने अवस्था बन्यो भने बजारमा एउटा अर्को नयाँ यात्राको आरम्भ हुनसक्ने सम्भावना बढेर गएको छ।
काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…
टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…
विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…
बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…
बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…