काठमाडौं । नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । कम्पनीले यस अवधिसम्ममा ८५ लाख ४९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको नाफा ३९ दशमलव १८ प्रतिशतले कम हो । गत वर्षको यसै अवधिसम्म कम्पनीले १ करोड ४० लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।
कपनीको वित्तीय खर्च बढेकाले कम्पनीको सञ्चालन नाफा पनि घटेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको संचालन मुनाफा करीब ५ प्रतिशत घटेको छ । गत वर्ष ५ करोड ४५ लाख रुपैयाँ आम्दानी गरेको कम्पनीको यस अवधिमा आम्दानी ५ करोड ५५ लाख बढी छ ।
गत आर्थिक वर्षको यस अवधिमा १४ लाख बढी वित्तीय खर्च गरेको कम्पनीले यस वर्ष ६१ लाखभन्दा बढी खर्चिएको छ । हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब ३८ करोड भन्दा बढी छ । गत वर्ष ३२ करोड ४७ लाखभन्दा बढी ऋणात्मक रहेको जगेडा कोष रकम यस वर्ष २६ करोड ८ लाख कायम भएको छ ।
समिक्षा अवधिमा कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी ४२ रुपैयाँ ३७ पैसा रहेको छ । प्रतिशेयर नेटवर्थ ११८ रुपैयाँ ८२ पैसा रहेको छ ।
काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…