काठमाडौं । नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । कम्पनीले यस अवधिसम्ममा ८५ लाख ४९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको नाफा ३९ दशमलव १८ प्रतिशतले कम हो । गत वर्षको यसै अवधिसम्म कम्पनीले १ करोड ४० लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।
कपनीको वित्तीय खर्च बढेकाले कम्पनीको सञ्चालन नाफा पनि घटेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको संचालन मुनाफा करीब ५ प्रतिशत घटेको छ । गत वर्ष ५ करोड ४५ लाख रुपैयाँ आम्दानी गरेको कम्पनीको यस अवधिमा आम्दानी ५ करोड ५५ लाख बढी छ ।
गत आर्थिक वर्षको यस अवधिमा १४ लाख बढी वित्तीय खर्च गरेको कम्पनीले यस वर्ष ६१ लाखभन्दा बढी खर्चिएको छ । हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब ३८ करोड भन्दा बढी छ । गत वर्ष ३२ करोड ४७ लाखभन्दा बढी ऋणात्मक रहेको जगेडा कोष रकम यस वर्ष २६ करोड ८ लाख कायम भएको छ ।
समिक्षा अवधिमा कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी ४२ रुपैयाँ ३७ पैसा रहेको छ । प्रतिशेयर नेटवर्थ ११८ रुपैयाँ ८२ पैसा रहेको छ ।
काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…
टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…
विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…
बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…
बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…