जन्म दिनमा १० लाखको बीमा पोलिसी उपहार

काठमाडौं । जन्मदिन भन्ने बितिक्कै जमघट, केक, पार्टी र मिठामिठा परिकार तथा गिफटहरुमा रमाइलो गर्ने चलन छ । तर पछिल्लो समय कोरोनाको कारण जमघट र फजुल खर्चमा नियन्त्रण गरी बीमा गर्ने गराउने कार्यले प्राथमिता पाएको छ ।

यसैबिच मकवानपुरको कैलाश गापा– १० नामटार गैरीगाउँ बस्ने सुनिता तामाङ्गले छोराको जन्मदिनमा एशियन लाइफको उच्च शिक्षा योजना बीमा पोलिसी उपहार दिएकी छिन् । तामाङ्गले छोरा सनिश थिङ्गलाई जन्म दिनको अवसर पारी १० लाखको बीमा पोलिसी उपहार दिएकी हुन ।

एशियन लाइफ इन्सोरेन्स कम्पनी लिमिटेड शाखा कार्यलय हेटौडाबाट २० वर्षे बाल उच्च शिक्षा योजना १० लाखका सुचारु गरिएको अभिकर्ता हिरामाया मोक्तानले बताइन् । जन्म दिनलाई विशेष बनाउनुको साथै बच्चाको उच्च शिक्षा खर्च व्यवस्थापनको लागि जन्म दिनमा बीमा पोलिसी उपहार अत्यन्त राम्रो हुने सेनियर एजेन्सी राजु साहले सुझाए पश्चात उक्त गराउन सफल भएको अभिकर्ता मोक्तानले बताइन् ।
एउटै बिमालेखबाट अभिभावक र बच्चा दुवैको जोखिम बहन हुने, बच्चा १६ देखि २० वर्ष सम्म अग्रिम भुक्तानी पाउने साथै अन्त्यमा शत प्रतिशत बोनश दिने भएकोले यस बीमा पोलिसीले उच्च शिक्षामा महत्वपुर्ण भुमिका खेल्ने शाखा कार्यलय हेटौडाका शाखा प्रबन्धक डिल्लीराम तिवारीले बताए ।

Kamal Panthi

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago