चिलिमे जलविद्युत कम्पनी लिमिटेड (CHCL) ले आर्थिक वर्ष २०७८/७९ को दोश्रो त्रैमासको वित्तिय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीले यस त्रैमास सम्ममा रु.४०.१२ करोड खुद नाफा आर्जन गरेको छ। खुद नाफा अघिल्लो आर्थिक वर्षको दोश्रो त्रैमासको तुलनामा २.२४% ले बढि रहेको छ। खुद नाफा बढे पनि शेयर संख्या बढेकोले कम्पनीको प्रति शेयर आम्दानी भने रु.१२.५० बाट घटेर रु.११.७७ कायम हुन आएको छ।
विद्युत बिक्री आम्दानी घटेपनि वित्तिय आम्दानी बढेकोले कम्पनीको खुद नाफामा प्रगति देखिएको हो। वित्तिय आम्दानीमा अधिकांश हिस्सा मुद्दती निक्षेपको व्याज आम्दानी रहेको छ।
रु.६.७५ अर्ब चुक्ता पूंजी रहेको कम्पनीको जगेडा तथा कोष ७.६४% ले घटेर रु.३.२७ अर्ब कायम रहेको छ। यस्तै, कम्पनीको कुल शेयरधनीकोष वृद्धि भएर रु.१०.०३ अर्ब कायम हुन आएको छ। शेयरधनीकोष बढे पनि शेयर संख्या बढेकोले कम्पनीको प्रति शेयर किताबी मुल्य रु.१५६.५३ बाट घटेर रु.१४८.५७ कायम हुन आएको छ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…