चिलिमे जलविद्युत कम्पनीको खुद नाफामा सामान्य वृद्धि

चिलिमे जलविद्युत कम्पनी लिमिटेड (CHCL) ले आर्थिक वर्ष २०७८/७९ को दोश्रो त्रैमासको वित्तिय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीले यस त्रैमास सम्ममा रु.४०.१२ करोड खुद नाफा आर्जन गरेको छ। खुद नाफा अघिल्लो आर्थिक वर्षको दोश्रो त्रैमासको तुलनामा २.२४% ले बढि रहेको छ। खुद नाफा बढे पनि शेयर संख्या बढेकोले कम्पनीको प्रति शेयर आम्दानी भने रु.१२.५० बाट घटेर रु.११.७७ कायम हुन आएको छ।

विद्युत बिक्री आम्दानी घटेपनि वित्तिय आम्दानी बढेकोले कम्पनीको खुद नाफामा प्रगति देखिएको हो। वित्तिय आम्दानीमा अधिकांश हिस्सा मुद्दती निक्षेपको व्याज आम्दानी रहेको छ।

रु.६.७५ अर्ब चुक्ता पूंजी रहेको कम्पनीको जगेडा तथा कोष ७.६४% ले घटेर रु.३.२७ अर्ब कायम रहेको छ। यस्तै, कम्पनीको कुल शेयरधनीकोष वृद्धि भएर रु.१०.०३ अर्ब कायम हुन आएको छ। शेयरधनीकोष बढे पनि शेयर संख्या बढेकोले कम्पनीको प्रति शेयर किताबी मुल्य रु.१५६.५३ बाट घटेर रु.१४८.५७ कायम हुन आएको छ।

Kamal Panthi

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago