काठमाडौँ – अवहेलना मुद्दामा सर्वोच्च अदालतले काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहलाई लिखित जवाफ पेश गर्न आदेश दिएको छ। न्यायाधीश हरिकृष्ण कार्कीको एकल इजलासले शाहलाई सात दिनभित्र लिखित जवाफ लिएर आफै उपस्थित हुन वा प्रतिनिधिमार्फत पठाउन भनेको हो।
नर्भिक अस्पतालको संरचना नभत्काउन दिएको अन्तरकालीन आदेशमाथि बालेनले सामाजिक सञ्जालमा प्रतिक्रिया जनाएका थिए। ‘नक्सा पास नगरी बनाएको संरचनाहरुलाई कारबाही गर्ने तथा नक्सा पास गर्ने अधिकार बरु संविधान नै संशोधन गरेर सर्वोच्च अदालतलाई दिने व्यवस्था गर्न हार्दिक अनुरोध गर्दछौँ’ भन्दै बालेनले अवैध संरचना हटाउन अदालतले अवरोध गरेको भन्दै आक्रोश पोखेका थिए।
उनको अभिव्यक्तिले अदालतको अवहेलना गरेको भन्दै अधिवक्ता दीपकराज जोशीले भदौ २ गते सर्वोच्चमा मुद्दा दर्ता गरेका थिए। अवहेलना मुद्दामाथि प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश हरिकृष्ण कार्कीको एकल इजलासले जवाफ पेश गर्न भनेको हो।
कार्कीको इजलासले जारी गरेको आदेशमा भनिएको छ, ‘यसमा के कसो भएको हो? सोको आधार, कारणसहित यो आदेश प्राप्त भएको मितिले बाटोको म्यादबाहेक (सात) दिनभित्र आफै वा आफ्नो कानून बमोजिमको प्रतिनिधिमार्फत लिखित जवाफ पेस गर्नू भनी यो आदेश र निवेदनको प्रतिलिपि साथै राखी विपक्षीका नाममा म्याद सूचना पठाइ म्यादभित्र लिखित जवाफ परे वा अवधि नाघेपछि नियमानुसार पेस गर्नू।’
काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…
टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…
विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…
बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…
बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…