इन्जिनियरिङका विद्यार्थीले किन मागे धरानका मेयर साम्पाङको राजीनामा ?

मोरङ – पछिल्लो समय जथाभावी अभिव्यक्ति दिएको भन्दै धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको आलोचना हुन थालेको छ।

यसैबीच इन्जिनियर पेशाप्रति अपमानजनक टिप्पणी गरको भन्दै पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पसका विद्यार्थीहरुले मेयर साम्पाङको राजीनामा मागेका छन्। सो क्याम्पसको राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनले साम्पाङको राजीनामा मागेको हो।

उक्त संगठनले विज्ञप्ति जारी गर्दै मेयर साम्पाङले आफूबाहेक अरु कोही पनि सक्षम नरहेको भन्ने दम्भ राखेको बताएको छ। मेयर साम्पाङले एक अन्तर्वाताका क्रममा इन्जिनियर राजनीतिमा आउने नभइ घर बनाउन जानुपर्ने टिप्पणी गरेका थिए। इन्जिनियरले नीति बनाउन नसक्ने हुँदा राजनीतिमा आउन नहुने उनको तर्क थियो।

उनको उक्त अभिव्यक्तिपछि पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पसका विद्यार्थीले विरोध गरेका हुन्। राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनले मेयर साम्पाङको अभिव्यक्तिको भर्त्सना गरेको छ। संगठनका अध्यक्ष आभाष अधिकारीले मेयर साम्पाङजस्तो गैरजिम्मेवार नेतृत्वले धरानको भविष्य अन्धकार हुने बताए।

मेयर साम्पाङले काठमाडौँका मेयर बालेन शाहलाई लक्षित गर्दै उक्त अभिव्यक्ति दिएका थिए। यसअघि पनि उनले मेयर शाहमाथि विभिन्न व्यंग्यात्मक टिप्पणी गर्दै आएका थिए। केही समयअघि मेयर शाह र साम्पाङबीच सामाजिक सञ्जालमा जुहारीसमेत चलेको थियो।

Sanjay poudyal

Recent Posts

श्रेष्ठ द्वारा नेपाल धितोपत्र बोर्ड अध्यक्ष पदबाट राजीनामा

काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago