अवहेलना मुद्दामा लिखित जवाफ पेश गर्न मेयर बालेन शाहलाई सर्वोच्चको आदेश

काठमाडौँ – अवहेलना मुद्दामा सर्वोच्च अदालतले काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहलाई लिखित जवाफ पेश गर्न आदेश दिएको छ। न्यायाधीश हरिकृष्ण कार्कीको एकल इजलासले शाहलाई सात दिनभित्र लिखित जवाफ लिएर आफै उपस्थित हुन वा प्रतिनिधिमार्फत पठाउन भनेको हो।

नर्भिक अस्पतालको संरचना नभत्काउन दिएको अन्तरकालीन आदेशमाथि बालेनले सामाजिक सञ्जालमा प्रतिक्रिया जनाएका थिए। ‘नक्सा पास नगरी बनाएको संरचनाहरुलाई कारबाही गर्ने तथा नक्सा पास गर्ने अधिकार बरु संविधान नै संशोधन गरेर सर्वोच्च अदालतलाई दिने व्यवस्था गर्न हार्दिक अनुरोध गर्दछौँ’ भन्दै बालेनले अवैध संरचना हटाउन अदालतले अवरोध गरेको भन्दै आक्रोश पोखेका थिए।

उनको अभिव्यक्तिले अदालतको अवहेलना गरेको भन्दै अधिवक्ता दीपकराज जोशीले भदौ २ गते सर्वोच्चमा मुद्दा दर्ता गरेका थिए। अवहेलना मुद्दामाथि प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश हरिकृष्ण कार्कीको एकल इजलासले जवाफ पेश गर्न भनेको हो।

कार्कीको इजलासले जारी गरेको आदेशमा भनिएको छ, ‘यसमा के कसो भएको हो? सोको आधार, कारणसहित यो आदेश प्राप्त भएको मितिले बाटोको म्यादबाहेक (सात) दिनभित्र आफै वा आफ्नो कानून बमोजिमको प्रतिनिधिमार्फत लिखित जवाफ पेस गर्नू भनी यो आदेश र निवेदनको प्रतिलिपि साथै राखी विपक्षीका नाममा म्याद सूचना पठाइ म्यादभित्र लिखित जवाफ परे वा अवधि नाघेपछि नियमानुसार पेस गर्नू।’

Sanjay poudyal

Recent Posts

श्रेष्ठ द्वारा नेपाल धितोपत्र बोर्ड अध्यक्ष पदबाट राजीनामा

काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago