इन्जिनियरिङका विद्यार्थीले किन मागे धरानका मेयर साम्पाङको राजीनामा ?

मोरङ – पछिल्लो समय जथाभावी अभिव्यक्ति दिएको भन्दै धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको आलोचना हुन थालेको छ।

यसैबीच इन्जिनियर पेशाप्रति अपमानजनक टिप्पणी गरको भन्दै पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पसका विद्यार्थीहरुले मेयर साम्पाङको राजीनामा मागेका छन्। सो क्याम्पसको राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनले साम्पाङको राजीनामा मागेको हो।

उक्त संगठनले विज्ञप्ति जारी गर्दै मेयर साम्पाङले आफूबाहेक अरु कोही पनि सक्षम नरहेको भन्ने दम्भ राखेको बताएको छ। मेयर साम्पाङले एक अन्तर्वाताका क्रममा इन्जिनियर राजनीतिमा आउने नभइ घर बनाउन जानुपर्ने टिप्पणी गरेका थिए। इन्जिनियरले नीति बनाउन नसक्ने हुँदा राजनीतिमा आउन नहुने उनको तर्क थियो।

उनको उक्त अभिव्यक्तिपछि पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पसका विद्यार्थीले विरोध गरेका हुन्। राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनले मेयर साम्पाङको अभिव्यक्तिको भर्त्सना गरेको छ। संगठनका अध्यक्ष आभाष अधिकारीले मेयर साम्पाङजस्तो गैरजिम्मेवार नेतृत्वले धरानको भविष्य अन्धकार हुने बताए।

मेयर साम्पाङले काठमाडौँका मेयर बालेन शाहलाई लक्षित गर्दै उक्त अभिव्यक्ति दिएका थिए। यसअघि पनि उनले मेयर शाहमाथि विभिन्न व्यंग्यात्मक टिप्पणी गर्दै आएका थिए। केही समयअघि मेयर शाह र साम्पाङबीच सामाजिक सञ्जालमा जुहारीसमेत चलेको थियो।

Sanjay poudyal

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago