झापा: पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी संघीय र प्रदेशको चुनावमा एकताबद्ध भएर लाग्न झापाका पार्टी कार्यकर्ताहरूलाई आग्रह गरेका छन् ।
आज बिर्तामोडमा नेकपा एमाले झापाले आयोजना गरेको जिल्लास्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले हालै सम्पन्न स्थानीय तह निर्वाचनमा जनताले एमालेलाई लोकप्रिय जनमत प्रदान गरेता पनि पार्टी पङ्क्ति पूर्णरुपमा एकताबद्ध हुन नसकेको गुनासो गरे ।
अध्यक्ष ओलीले भने, ‘आन्तरिक एकतालाई बलियो बनाउँदै पार्टीमा लय मिलाएर चल्नुपर्छ, विरासत फर्काउन गाह्रो छैन ।’ उनले झापा आमूल परिवर्तनको आन्दोलनको उद्गम थलो भएको हुँदा यहीँबाट पार्टीले नयाँ युगको सुरुआत गर्न कार्यकर्ताले कम्मर कसेर लाग्नुपर्ने बताए ।
उनले पार्टीभित्र अराजकता र बेथिति बढेकाले सच्चिएर अगाडि बढ्न समेत कार्यकर्तालाई आह्वान गरेका छन् । पार्टी अध्यक्षको गृह जिल्लाका रुपमा झापालाई देश र विदेशबाट समेत नियालिरहेको जनाउँदै उनले आउँदो निर्वाचनमा झापामा एमालेलाई हार्न छुट नभएको दाबी गरे । उनले व्यक्तिवादी र गुटगत प्रवृत्तिबाट माथि उठेर पार्टीको विधि, पद्धति र नीतिमा अडिग हुनुको विकल्प नरहेको बताए ।
नेकपा एमाले जनताले जन्माएर हुर्काएको पार्टी हो भन्दै उनले पार्टीलाई जिताउन अहिल्यैदेखि वैचारिक प्रशिक्षण चलाउनुपर्ने र मतदाता शिक्षा टोलटोलमा पुर्याउनुपर्ने सुझाव दिए । उनले गत स्थानीय तहको निर्वाचनमा मतदाता शिक्षाको अभावमा पार्टीले कार्यकर्ताको मतको संरक्षण गर्न नसकेको बताए । अध्यक्ष ओलीले एमालेका कार्यकर्ता अरूभन्दा ‘एडभान्स’ हुनका लागि रचनात्मक र उद्यमशील हुनुपर्नेमा जोड दिए । एमालेका कार्यकर्ता गरी खानसक्ने हुनुपर्ने उनको भनाइ थियो ।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…