छोरा लोकेन्द्रले बुबामाथि बन्चरो प्रहार

बैतडी: बैतडीमा दाइले बुबाको हत्या गरेपछि एक किशोरीको बिचल्ली भएको छ । डिलाशैनी गाउँपालिका-५ सेराका २४ वर्षीय लोकेन्द्र जोशीले शुक्रबार बिहान ५ बजे आफ्नै ६८ वर्षीय बुबा अन्तराम जोशीको बन्चरो प्रहार गरी हत्या गरे ।

बुबाको हत्या गरेका दाइ जेल जाने निश्चित भएसँगै १७ वर्षीया किशोरी रमिता बिचल्लीमा परेकी हुन् । रमिताकी आमाको १३ वर्षअघि नै मृत्यु भएको थियो । ‘म चार वर्षकी छँदा आमाको मृत्यु भयो । बुवा, दाइ र म मात्र घरमा बस्थ्यौँ । अहिले दाइले नै बुबाको हत्या गरेपछि म एक्ली भएँ । मेरो कोही छैन,’ रमिताले भनिन् ।

चुहिने छानो भएको एक कोठाको घरमा बस्ने रमिताले अहिले कक्षा १२ को परीक्षा दिएकी छन् । उनको गाउँकै सबैभन्दा विपन्न परिवारमा पर्छ ।

लोकेन्द्रलाई डिलाशैनी गाउँपालिका अध्यक्ष सन्तोष जोशीका बुबा प्रदीपले लघु उद्यम सहजकर्ताको १८ महिने कोर्ष गराउन आर्थिक सहयोग गरेका थिए । तर, उनले उक्त कोर्ष पास गर्न सकेनन् । रमिताले भनिन्, ‘इडीएफ कोर्षमा पनि फेल भएको दाइले एसईई पनि पास गर्न सकेका थिएनन् । दुई वर्ष भारत गएर ९ हजार रुपैयाँ मात्रै पठाए, त्यो पैसाले गाई किन्याैँ । त्यसबाहेक दाइको कमाई नै थिएन । हाम्रो सहारा बुवा मात्रै हुनुहुन्थ्यो । बुबालाई पनि दाइले हत्या गर्नु भयो । म एक्लै भएँ, अब म के गरौँ ? कहाँ जाउँ ? मेरो सहारा कोही छैन् ।’

यसरी भयो घटना, लोकेन्द्रलाई पछुतो छैन

अन्तराम जोशी बिहानै ५ बजे उठेर आँगनमा मोही पार्ने पारो धोइरहेका थिए । यसैबेला बन्चरोसहित ढोकाबाट बाहिर निस्केका छोरा लोकेन्द्रले बुबामाथि बन्चरो प्रहार गरे । पहिलो चोट लागेपछि पानी खोज्न गएका अन्तरामलाई पाँचपटक बन्चरो प्रहार गरे लोकेन्द्रले । लोकेन्द्रको बन्चरो प्रहारबाट अन्तरामको मृत्यु भयो ।

बुवाको हत्यापछि लोकेन्द्र धारातर्फ गएका थिए । धारामा भेटिएका गाउँलेलाई आफूले बुबाको हत्या गरेको बताए । त्यसपछि गाउँलेले प्रहरीलाई खबर गरे । ‘मैले केही समय अघिदेखि नै मार्ने योजना बनाएको हुँ । आज मात्रै मौका मिल्यो । मेरो नजरमा चारजना अरु पनि छन् । मैले घटना स्वीकार गरिसकेकाले एक वर्ष पनि जेल बस्दिन होला । मेरो खानामा थुक्ने, मलाई गाली गर्ने भएका कारण बुबा मारेको हुँ,’ लोकेन्द्रले भने ।

आफू मृतक अन्तरामको छोरा समेत नभएको लोकेन्द्र बताउँछन् । ‘मलाई उसले (अन्तराम) पालेको मात्रै हो । म उसको छोरा नै होइन,’ उनले भने । यसअघि नै १०-१२ पटक बुबाको हत्या गर्न खोजेको उनको भनाइ छ ।

लोकेन्द्रले अन्तराम आफ्नो बुबा नभएको बताए पनि उनी छोरा भएको आफन्त बताउँछन् । स्थानीयवासीका अनुसार मृतकका दुई छोरी र एक छोरा छन् । जेठी छोरी राजमतीको विवाह भइसकेको छ भने कान्छी छोरी रमिता अविवाहित छिन् । राजमतीको घर महेन्द्रनगरमा छ ।

बुबाको हत्या गर्नु केही दिन अघिदेखि लोकेन्द्र कसैसँग नबोल्ने गरेको स्थानीयवासीको भनाइ छ । हत्याका अभियुक्तलाई कानुनअनुसार कारबाही हुने जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता लोकराज जोशीले बताए ।

डिलाशैनी गाउँपालिकाभरिका टुहुरा बालबालिकाका लागि नीति निर्माण गरी टुहुरा बालबालिका लक्षित कार्यक्रम ल्याउने गाउँपालिका अध्यक्ष सन्तोश जोशीले बताए ।

Kamal Panthi

Recent Posts

श्रेष्ठ द्वारा नेपाल धितोपत्र बोर्ड अध्यक्ष पदबाट राजीनामा

काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago