काठमाडौं: सरकारको निर्देशनमा नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य घटाउने निर्णय गरेपनि पेट्रोलियम कर कटौती गर्न भने ढिलाइ भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनमा शनिबार उद्योग, बाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्र प्रसाद बडूले पेट्रोलको मूल्य प्रतिलिटर २० र डिजेलको मूल्य प्रतिलिटर २९ रुपैयाँ घटाउने निर्णय सुनाएका थिए ।

पेट्रोलमा २० रुपैयाँ र डिजेल तथा मट्टितेलमा २९ रुपैयाँ कर घटाएर जनालाई राहत दिइएको बडूको भनाइ थियो । तर, अर्थ कानुनी समस्याका कारण कर घटाउने निर्णय कार्यान्वयनमा ढिलाई भएको हो । अर्थ मन्त्रालयका सचिव मधु कुमार मरासिनीले आर्थिक ऐन विचाराधीन अवस्थामै रहेकाले निर्णय कार्यान्वयन गर्न समस्या भएको बताए । कानुन बनेपछि यसबारे प्रक्रिया अघि बढ्ने उनको भनाइ छ । असार ११ गते प्रधानमन्त्री कार्यालय, अर्थ मन्त्रालय र उद्योग मन्त्रालयबीच पेट्रोलियम पदार्थमा लाग्दै आएको उच्च करको दर घटाउने सहमति भएको थियो ।

खासगरी, भन्सार बिन्दुमै लाग्दै आएको पेट्रोलियम पदार्थको उच्च कर समायोजनका लागि अर्थ मन्त्रालय सहमत बनेको थियो । सहमतिअनुसार, निगमले घटाउने तेलको बिक्री मूल्य बराबरको कर समायोजन अर्थ मन्त्रालयले गर्ने र उपभोक्तालाई राहत दिने निर्णय गरिएको थियो । तर, प्रक्रिया अघि बढाउन कानुनै बाधक देखिएपछि मूल्य घटेको तीन दिन बित्दा पनि अथ मन्त्रालय निर्णयबिहीन बनेको हो ।

यसैगरी, अर्थ मन्त्रालयले आजै निगमलाई केन्द्रीय कार्यालय रहेको टेकुको ४० रोपनीभन्दा धेरै जग्गा बैंकमा धितो राखेर ऋण लिन पत्र लेखेको छ । स्रोतका अनुसार अर्थ मन्त्रालयले दिनुपर्ने ३ अर्ब रुपैयाँ रकम जग्गा धितो राखेर लिन पत्र काटिएको र सम्बन्धित बैंकसँग ऋणका लागि सहजीकरण गर्ने अर्थले बताएको छ । ‘यसअघि नै अर्बौ रुपैयाँ ऋणमा रहेको निगम शनिबार रातिदेखि मूल्य ह्वात्तै घटाएपछि झनै आर्थिक भारमा परेको छ,’ स्रोत भन्छ, ‘यस हिसाबमा निगमले भोलिका दिनमा तेल किन्नै नसक्ने स्थिती आउन सक्छ ।’

निगमले अहिले पनि इण्डियन आयल कर्पोरेशनलाई तेल किनेबापतको अर्बौ रुपैयाँ भुक्तानी गर्न बाँकी छ । खासगरी, अन्तर्राष्ट्रिय बजारमा निरन्तर बढिरहेको तेलको भार निगमको थाप्लोमा परेको छ । भारतबाट प्रत्येक १५–१५ दिनमा बढेर आउने तेलको भाउअनुसार मूल्य समायोजन नहुँदा निगमको थाप्लोमा ऋणको भार परेको हो । अर्थ मन्त्रालयले तत्कालका लागि शनिबार समायोजन भएको तेलको मूल्यको सोधभर्ना भने गर्ने बताएको छ ।

Kamal Panthi

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago