काठमाडौं: सरकारको निर्देशनमा नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य घटाउने निर्णय गरेपनि पेट्रोलियम कर कटौती गर्न भने ढिलाइ भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनमा शनिबार उद्योग, बाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्र प्रसाद बडूले पेट्रोलको मूल्य प्रतिलिटर २० र डिजेलको मूल्य प्रतिलिटर २९ रुपैयाँ घटाउने निर्णय सुनाएका थिए ।

पेट्रोलमा २० रुपैयाँ र डिजेल तथा मट्टितेलमा २९ रुपैयाँ कर घटाएर जनालाई राहत दिइएको बडूको भनाइ थियो । तर, अर्थ कानुनी समस्याका कारण कर घटाउने निर्णय कार्यान्वयनमा ढिलाई भएको हो । अर्थ मन्त्रालयका सचिव मधु कुमार मरासिनीले आर्थिक ऐन विचाराधीन अवस्थामै रहेकाले निर्णय कार्यान्वयन गर्न समस्या भएको बताए । कानुन बनेपछि यसबारे प्रक्रिया अघि बढ्ने उनको भनाइ छ । असार ११ गते प्रधानमन्त्री कार्यालय, अर्थ मन्त्रालय र उद्योग मन्त्रालयबीच पेट्रोलियम पदार्थमा लाग्दै आएको उच्च करको दर घटाउने सहमति भएको थियो ।

खासगरी, भन्सार बिन्दुमै लाग्दै आएको पेट्रोलियम पदार्थको उच्च कर समायोजनका लागि अर्थ मन्त्रालय सहमत बनेको थियो । सहमतिअनुसार, निगमले घटाउने तेलको बिक्री मूल्य बराबरको कर समायोजन अर्थ मन्त्रालयले गर्ने र उपभोक्तालाई राहत दिने निर्णय गरिएको थियो । तर, प्रक्रिया अघि बढाउन कानुनै बाधक देखिएपछि मूल्य घटेको तीन दिन बित्दा पनि अथ मन्त्रालय निर्णयबिहीन बनेको हो ।

यसैगरी, अर्थ मन्त्रालयले आजै निगमलाई केन्द्रीय कार्यालय रहेको टेकुको ४० रोपनीभन्दा धेरै जग्गा बैंकमा धितो राखेर ऋण लिन पत्र लेखेको छ । स्रोतका अनुसार अर्थ मन्त्रालयले दिनुपर्ने ३ अर्ब रुपैयाँ रकम जग्गा धितो राखेर लिन पत्र काटिएको र सम्बन्धित बैंकसँग ऋणका लागि सहजीकरण गर्ने अर्थले बताएको छ । ‘यसअघि नै अर्बौ रुपैयाँ ऋणमा रहेको निगम शनिबार रातिदेखि मूल्य ह्वात्तै घटाएपछि झनै आर्थिक भारमा परेको छ,’ स्रोत भन्छ, ‘यस हिसाबमा निगमले भोलिका दिनमा तेल किन्नै नसक्ने स्थिती आउन सक्छ ।’

निगमले अहिले पनि इण्डियन आयल कर्पोरेशनलाई तेल किनेबापतको अर्बौ रुपैयाँ भुक्तानी गर्न बाँकी छ । खासगरी, अन्तर्राष्ट्रिय बजारमा निरन्तर बढिरहेको तेलको भार निगमको थाप्लोमा परेको छ । भारतबाट प्रत्येक १५–१५ दिनमा बढेर आउने तेलको भाउअनुसार मूल्य समायोजन नहुँदा निगमको थाप्लोमा ऋणको भार परेको हो । अर्थ मन्त्रालयले तत्कालका लागि शनिबार समायोजन भएको तेलको मूल्यको सोधभर्ना भने गर्ने बताएको छ ।

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago