बिहानै चार फ्लाइट सकेर बिदा मनाउन जोमसोम जाँदै थिए पाइलट वसन्त लामा

काठमाडौँआइतबार पोखराबाट जोमसोज जाने क्रममा दुर्घटनामा परेको तारा एयरको टुइनटर विमानमा पाइलट वसन्त लामा पनि परेका छन्।

तारा एयर स्रोतका अनुसार लामाले आइतबार बिहानै चारवटा उडान सकेर बिदा मनाउन जोमजोमका लागि उडेका थिए। विमानको नियमितउडानको नेतृत्व तारा एयरका सिनियर क्याप्टेन प्रभाकरप्रसाद घिमिरेले गरेका थिए भने उनीसँगै सहपाइलट उत्सव पोख्रेल एयरहोस्टेज क्रिस्मीथापा थिइन्।

लामा भने उनीहरुसँग दिउँसोको समय बिताउन त्यसतर्फ लागेका हुन्।

तारा एयर स्रोतले भन्यो, ‘वसन्तजीले बिहान चारवटा फ्याइट सकेर घिमिरेजीलाई विमान हेण्डओभर गर्नुभएको थियो। दिउँसोको बिदा मनाउनउहाँसँगै जानुभएको रहेछ।

यात्रुको सूचीमा उनको समेत नाम उल्लेख गरिएको छ। उनी टिकट नै लिएर विमानमा सवार थिए।

विमान भने मुस्ताङको लेते आसपास क्षेत्रमा दुर्घटना भएको छ। चालक दलका तीन सदस्यसहित २२ जना यात्रु बोकेर जाने क्रममा विमानदुर्घटनामा परेको हो। विमान यात्रुहरु सकुसल भेटिने संभावना कम रहेको जनाइएको छ।

यात्रुहरुको सूचीमा भारतीय जर्मन नागरिकसमेत रहेका छन्।

विमान आइतबार बिहान करिब ९ः५० बजे पोखरा विमानस्थलबाट जोमसोमका लागि उडेको थियो। दुर्घटना भएको आशंका गरिएको विमानकोखोजी कार्यका लागि काठमाडौँ पोखराबाट हेलिकोप्टर परिचालन गरिए पनि खराब मौसमका कारण सफल हुन सकेको छैन।

sp sp

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago