बिहानै चार फ्लाइट सकेर बिदा मनाउन जोमसोम जाँदै थिए पाइलट वसन्त लामा

२०७९, १५ जेष्ठ आईतवार १३:२६

काठमाडौँआइतबार पोखराबाट जोमसोज जाने क्रममा दुर्घटनामा परेको तारा एयरको टुइनटर विमानमा पाइलट वसन्त लामा पनि परेका छन्।

तारा एयर स्रोतका अनुसार लामाले आइतबार बिहानै चारवटा उडान सकेर बिदा मनाउन जोमजोमका लागि उडेका थिए। विमानको नियमितउडानको नेतृत्व तारा एयरका सिनियर क्याप्टेन प्रभाकरप्रसाद घिमिरेले गरेका थिए भने उनीसँगै सहपाइलट उत्सव पोख्रेल एयरहोस्टेज क्रिस्मीथापा थिइन्।

लामा भने उनीहरुसँग दिउँसोको समय बिताउन त्यसतर्फ लागेका हुन्।

तारा एयर स्रोतले भन्यो, ‘वसन्तजीले बिहान चारवटा फ्याइट सकेर घिमिरेजीलाई विमान हेण्डओभर गर्नुभएको थियो। दिउँसोको बिदा मनाउनउहाँसँगै जानुभएको रहेछ।

यात्रुको सूचीमा उनको समेत नाम उल्लेख गरिएको छ। उनी टिकट नै लिएर विमानमा सवार थिए।

विमान भने मुस्ताङको लेते आसपास क्षेत्रमा दुर्घटना भएको छ। चालक दलका तीन सदस्यसहित २२ जना यात्रु बोकेर जाने क्रममा विमानदुर्घटनामा परेको हो। विमान यात्रुहरु सकुसल भेटिने संभावना कम रहेको जनाइएको छ।

यात्रुहरुको सूचीमा भारतीय जर्मन नागरिकसमेत रहेका छन्।

विमान आइतबार बिहान करिब ९ः५० बजे पोखरा विमानस्थलबाट जोमसोमका लागि उडेको थियो। दुर्घटना भएको आशंका गरिएको विमानकोखोजी कार्यका लागि काठमाडौँ पोखराबाट हेलिकोप्टर परिचालन गरिए पनि खराब मौसमका कारण सफल हुन सकेको छैन।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु