कांग्रेसका ३ बागी उम्मेदवारद्वारा उम्मेदवारी फिर्ता

नवलपरासी — पूर्वीनवलपरासीमा कांग्रेसका ३ जना बागी उम्मेदवारले मनोनयन फिर्ता लिएका छन् । बुलिंटार गाउँपालिकाको अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएका जिल्ला समन्वय समितिका प्रमुख चेसराम आले मगरले उम्मेदवारी फिर्ता लिएको कांग्रेस जिल्ला उपसभापति बालकृष्ण घिमिरेले जानकारी दिए ।

त्यस्तै कावासोतीमा कांग्रेसका २ बागी उम्मेदवारले पनि नाम फिर्ता लिएका छन् । कावासोती नगरपालिका १२ को अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएका त्यहाँका पार्टी सभापति राजकुमार गुरुङ र विष्णुप्रसाद लम्सालले शुक्रबार मनोनयन फिर्ता लिएका हुन् ।
कांग्रेस जिल्ला उपसभापति बालकृष्ण घिमिरेले उनीहरूले निर्वाचन कार्यालयमा गएर नाम फिर्ता लिइसकेको जानकारी दिए । निर्वाचन कार्यालयले उनीहरूले फिर्ता लिएको पुष्टि गरेको छ । उम्मेदवार मनाउन जिल्ला नेताहरू बागीको घरघर पुगेका थिए ।

त्यहाँ कांग्रेसले देवीप्रसाद काफ्लेलाई वडाध्यक्षमा उम्मेदवार बनाएको छ ।

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago