काठमाडौँ- बागी उम्मेदवारी फिर्ता लिने समय घर्किँदै जाँदा पाँच दलीय गठबन्धनको बैठक बस्दै छ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा केही बेरपछि बैठक सुरु हुने राष्ट्रिय जनमोर्चाका सचिव हिमलाल पुरीले जानकारी दिए।
बैठकमा बागी उम्मेदवारी फिर्ताबारे छलफल हुने उनको भनाइ छ। स्थानीय तह निर्वाचनमा गठबन्धन दलहरूबीच तालमेल भएपनि ठाउँठाउँमा बागी उम्मेदवारी परेको छ।
११ र १२ वैशाखमा भरतपुर र पोखरासहितका महानगरसँगै, विभिन्न उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकामासेमत आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवारी परेको हाे।
उम्मेदवारी फिर्ता लिने समय भने शुक्रबार ५ बजेसम्म रहेको निर्वाचन आयोगले जनाएको छ। यसअघि पनि बिहीबार गठबन्धनकाे बैठक बसेको थियो।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…