अमेरिका लाई रुस भन्दा चीन बढि चुनौती भयो

काठमाडौँ: अमेरिकी रक्षा मन्त्रालयले चीन आफ्नो मुलुकका लागि सबैभन्दा ठूलो चुनौती भएको निष्कर्षसहितको नयाँ राष्ट्रिय प्रतिरक्षा रणनीति (एनडीएस) तयार पारेको छ । रक्षा मन्त्रालयले सोमबार संसद्‍मा बुझाएको रणनीतिमा चीनले बहुपक्षीयरुपमा तीव्रता साथ सिर्जना गरेको चुनौतीबाट देशलाई जोगाउनु पहिलो प्राथमिकता भएको उल्लेख छ ।
रणनीतिमा दोस्रो नम्बरको चुनौतीमा रुसलाई राखिएको छ । राष्ट्रिय सुरक्षा रणनीति अमेरिकाको रक्षा मन्त्रालयको सामरिक मार्गनिर्देशक दस्तावेज हो । त्यसैअन्तर्गत राष्ट्रिय सुरक्षाका प्राथमिकताहरू बनाएर सैन्य योजना तथा गतिविधिहरु सञ्चालन हुने गर्छन् । गत मार्चमा अमेरिकी राष्ट्रपति जो बाइडेनको अन्तरिम राष्ट्रिय सुरक्षा रणनीति मार्गनिर्देशसँग एकाकार रहेको रक्षा मन्त्रालयले जनाएको छ ।
उक्त रणनीतिमा इन्डो प्यासिफिक क्षेत्रमा चीन र युरोपमा रुसको आक्रामकतालाई रोक्न आवश्यक पर्दा लडाइँ गरेर जित्ने गरी तयारी गर्ने उल्लेख छ ।

त्यसैगरी अमेरिका, मित्र तथा साझेदारमाथि रणनीति आक्रमणलाई निवारण गर्ने, चीन र रुसको आक्रणलाई निवारण गर्ने शक्ति बनाउने कुरा पनि प्राथमिकतामा राखिनु पर्ने उल्लेख छ । यस्तै संयुक्त फौज र प्रतिरक्षा आर्थिक प्रणालीलाई एकाकार रुपमा विकास गर्ने रणनीतिमा छ ।
सबैभन्दा सामरिक प्रतिस्पर्धी बन्न आएको र तीव्र रुपमा चुनौती दिने चीनविरुद्ध दिगो र सशक्त निवारणका लागि मन्त्रालयले तत्कालै काम गर्ने छ,’ अमेरिकाले सार्वजनिक गरेको धारणामा भनिएको छ, ‘युक्रेनमाथि नृशंस र अप्रत्याशित आक्रमणले देखाएको जस्तै रुस गम्भीर चुनौती हुने खतरा छ ।’

रुसको आक्रमकतालाई मित्र शक्ति उत्तर एट्लान्टिक सन्धि संगठन (नेटो) तथा साझेदारहरुसँग सुदृढ र सशक्त निवारक शक्ति निर्माण गरिने पनि अमेरिकी रक्षा मन्त्रालयले जनाएको छ । ‘उत्तर कोरिया, इरान वा अन्य हिंसात्मक अतिवादी संगठनसहित अन्य स्थायी जोखिमहरुलाई व्यवस्थापन गर्न रक्षा मन्त्रालय सक्षम छ’ रक्षा मन्त्रालयले जनाएको छ ।

यस्तै अमेरिकी रक्षा मन्त्रालयले पहिलो पटक परमाणु अवस्था पुनरावलोकन (एनपीआर) तथा क्षेप्यास्त्र प्रतिरक्षा पुनरावलोकन (एमडीआर) पहिलो पटक एकीकृत रुपमा राष्ट्रिय सुरक्षा रणानीति (एनडीएस)मा समावेश गर्दै रणनीति तथा स्रोतहरुलाई एक अर्कोबीच कसिलो सम्बन्ध बनाइएको जनाएको छ ।

यो रणनीति राष्ट्रपति अन्तरिम राष्ट्रिय सुरक्षा मार्गनिर्देशन, गोप्य राखिएको राष्ट्रिय प्रतिरक्षा रणनीतिसँग एकाकार रहेको जनाएको छ । त्यसैगरी अमेरिकी जनता, अमेरिकाको समृद्धिको विस्तार र प्रजातन्त्रको मूल्य मान्यताको प्रतिरक्षा तथा विस्तारसहित अमेरिकाको महत्वपूर्ण राष्ट्रिय स्वार्थ अघि बढाउन तथा सुरक्षा मद्दत गर्ने विषयलाई ध्यानमा राखेर रणनीति निर्धारण गरिएको मन्त्रालयले जनाएको छ ।

रणनीतिमा विश्वव्यापी जलवायु परिवर्तन र महामारीसहितको गम्भीर जोखिमले रक्षा मन्त्रालयको काम गर्ने तौरतरिकामा पनि परिवर्तन ल्याएको भनिएको छ । ‘हामी यो चुनौतीलाई अनुकुल बनाउने संयुक्त फौज र यसलाई सहयोग गर्ने प्रणालीलाई उचित रुपमा जोड दिने छौं’ रक्षा मन्त्रालयले जनाएको छ । सो रणनीतिमा अमेरिकी भूभागभित्र सामरिक प्रतिद्वन्द्वीहरुले विभिन्न जोखिम बढाउँदै लगेको विषयलाई पहिचान गर्ने जनाइएको छ ।

सोमबार नै अमेरिकी रक्षा मन्त्रालयले २०२३ को रक्षा बजेटसमेत प्रस्तुत गरेको छ । जसअनुसार आगामी वर्ष सुरक्षा रणनीतिको प्रतिबद्धतालाई पूरा गर्न रक्षा मन्त्रालयले ७ खर्ब ७३ अर्ब अमेरिकी डलरको बजेट माग गरेको छ । जुन रकम अघिल्लो वर्षको भन्दा करिब ८ प्रतिशत बढी हो ।

‘एकीकृत निवारक, हाम्रा प्राथमिकता विश्वव्यापी रुपमा एक बनाउन, संयुक्त फौजको आधुनीकिकरण गर्ने र काम गर्ने व्यक्ति तथा उनीहरुको परिवारलाई महत्वपूर्ण सहयोगका लागि’ सो रकम आवश्यक पर्ने बताइएको छ । अमेरिकी संसदमा माग गरिएको बजेट प्रस्तावमा ५६ अर्ब ५० करोड अमेरिकी डलर वायु शक्ति तथा त्यसको प्रणाली, ४० अर्ब ८० करोड अमेरिकी डलर समुद्री शक्ति, १२ अर्ब ६० करोड सेना तथा मरिनको लडाकु वाहानको आधुनीकिकरण गर्न आवश्यक रहेको जनाइएको छ ।

त्यसैगरी १ खर्ब ३१ अर्ब अमेरिकी डलर अनुसन्धान तथा विकासका लागि माग भएको छ। जसमा आधुनिक प्रविधि, साइबर, अन्तरिक्ष तथा आर्टिफिसियल इन्टेलिजेन्स अझै राम्रो र तयारी अवस्थामा लैजान आवश्यक रहेको जनाइएको छ।

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago