काठमाडौं: नेपाली कांग्रेसले चुनावी गठबन्धनबारे आज निर्णय गर्ने भएको छ । काठमाडौंमा जारी केन्द्रीय कमिटीको बैठकले यसबारे मंगलबार निर्णय गर्ने कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए । हिजोसम्म केन्द्रीय सदस्यहरूले आफ्नो धारणा राखेर सकिएकोले आज ३ बजे बस्ने बैठकले यसबारे निर्णय उनले जानकारी दिए ।
यस्तै कांग्रेस केन्द्रीय समितिले आजै संसदीय समिति समेत बनाउँदैछ । कांग्रेस प्रवक्ता महतले मंगलबारको बैठकबाट चुनावी गठबन्धन र संसदीय समिति टुंगो लाग्ने बताए । संसदीय समिति २५ सदस्यीय हुनेछ । संसदीय बोर्डमा १३ पदाधिकारीसहित अन्य हुनेछन् । यस्तै कोषाध्यक्षका लागि ठाउँ खाली राखिएको छ ।
११ जना केन्द्रीय सदस्यमध्येबाट सभापतिले मनोनीत गर्ने विधानमा व्यवस्था छ । संसदीय समितिको काम निर्वाचनमा टिकट वितरण गर्नु हो ।
कांग्रेसको विधानमा चार तहको संसदीय समिति रहने व्यवस्था छ । केन्द्रीय संसदीय समिति, प्रदेश संसदीय समिति, जिल्ला संसदीय समिति र प्रतिनिधिसभा संसदीय समिति ।
केन्द्रीय संसदीय समितिले महानगरपालिका, प्रदेश र प्रतिनिधिसभाको टिकट वितरण गर्छ । प्रदेशले नगरपालिका र उपमहानगरपालिकाको टिकट वितरण गर्दछ ।जिल्ला संसदीय समितिले गाउँपालिकाको टिकट वितरण गर्छ भने प्रतिनिधिसभा संसदीय समितिले वडाको टिकट वितरण गर्दछ ।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…