कांग्रेसले चुनावी गठबन्धनबारे आज निर्णय गर्ने

२०७८, १५ चैत्र मंगलवार ०९:२९

काठमाडौं: नेपाली कांग्रेसले चुनावी गठबन्धनबारे आज निर्णय गर्ने भएको छ । काठमाडौंमा जारी केन्द्रीय कमिटीको बैठकले यसबारे मंगलबार निर्णय गर्ने कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए । हिजोसम्म केन्द्रीय सदस्यहरूले आफ्नो धारणा राखेर सकिएकोले आज ३ बजे बस्ने बैठकले यसबारे निर्णय उनले जानकारी दिए ।

यस्तै कांग्रेस केन्द्रीय समितिले आजै संसदीय समिति समेत बनाउँदैछ । कांग्रेस प्रवक्ता महतले मंगलबारको बैठकबाट चुनावी गठबन्धन र संसदीय समिति टुंगो लाग्ने बताए । संसदीय समिति २५ सदस्यीय हुनेछ । संसदीय बोर्डमा १३ पदाधिकारीसहित अन्य हुनेछन् । यस्तै कोषाध्यक्षका लागि ठाउँ खाली राखिएको छ ।

११ जना केन्द्रीय सदस्यमध्येबाट सभापतिले मनोनीत गर्ने विधानमा व्यवस्था छ । संसदीय समितिको काम निर्वाचनमा टिकट वितरण गर्नु हो ।

कांग्रेसको विधानमा चार तहको संसदीय समिति रहने व्यवस्था छ । केन्द्रीय संसदीय समिति, प्रदेश संसदीय समिति, जिल्ला संसदीय समिति र प्रतिनिधिसभा संसदीय समिति ।

केन्द्रीय संसदीय समितिले महानगरपालिका, प्रदेश र प्रतिनिधिसभाको टिकट वितरण गर्छ । प्रदेशले नगरपालिका र उपमहानगरपालिकाको टिकट वितरण गर्दछ ।जिल्ला संसदीय समितिले गाउँपालिकाको टिकट वितरण गर्छ भने प्रतिनिधिसभा संसदीय समितिले वडाको टिकट वितरण गर्दछ ।

Comments

ताजा खबर