अवैधरुपमा अमेरिका छिर्ने प्रयासमा रहेका चार भारतीयको अत्यधिक चिसोको कारण मृत्यु भएको छ।
क्यानडाका अधिकारीहरुले दिएको जानकारीअनुसार क्यानडा हुँदै अमेरिका छिर्न लागेका भारतीय परिवारका सबैको चिसोको कारण मृत्युभएको हो। उनीहरु मानव तस्करीसँग जोडिएको हुन सक्ने अधिकारीहरुले बताएका छन्।
क्यानडाको मानिटोबामा उनीहरु मृत फेला परेका हुन्। यो क्षेत्र अमेरिकाको सीमाभन्दा केही मात्र टाढा छ। रातको समयमा उक्त क्षेत्रको तापक्रममाइनस ३५ डिग्री सेल्सियससम्म झरेको थियो।
अत्यधिक चिसोको कारण ३९ वर्षीय जगदीश पटेल, ३७ वर्षीया वैशैलविन पटेल, उनीहरुको ११ वर्षी छोरी विहंगी र ३ वर्षीय छोरा धार्मिककोमृत्यु भएको हो। उनीहरुको शव जनवरी १९ मा फेला परेको थियो। भारतले पनि उनीहरु आफ्नो नागरिक भएको पुष्टि गरेको छ।
उनीहरु गुजरातको ढिंगुचा जिल्लाका बासिन्दा हुन्। उनीहरुका छिमेकीले दिएको जानकारीअनुसार पटेल परिवार जनवरी १२ मा भारतबाटक्यानडाको टोरोन्टो पुगेका थिए। त्यसपछि उनीहरु मनिबोटो हुँदै अमेरिका प्रवेश गर्ने प्रयासमा थिए। उनीहरुको शव फेला परेको स्थान वरपरकुनै गाडी पनि भेटिएको छैन।
त्यसैले उनीहरुलाई कसैले आधा बाटोसम्म लगेर छाडिदिएको हुन सक्ने अधिकारीहरुले बताएका छन्। जनवरी १९ मा नै मानव तस्करीकोआरोपमा ७ भारतीय समूहको एक एजेन्टलाई पक्राउ गरिएको थियो।
यद्यपि उनले पटेल परिवार पनि यो समूहमा सामेल भएको वा नभएको भन्ने विषयमा भने कुनै जानकारी दिएका छैनन्।(एजेन्सी)
काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…
शपथथग्रहण समारोहपछि नवनियुक्त प्रधानमन्त्री सुशीला कार्की उनका श्रीमान दुर्गा सुवेदी, हामी नेपाल अभियानका सुदन गुरुङ…
काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले शीतनिवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ ग्रहण…
२५ भदौ, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुचारु भएको छ । विमानस्थल सुरक्षा समितिको बैठकले…
नेपाली सेनाले कर्फ्यू आदेश भोलि बिहान ६ बजेसम्म जारी रहने बताएको छ । आज एक…