भबिन्द्र गौतम, सिद्धार्थनगर, १५ माघ ।
सिद्धार्थ सार्बजनिक यातायातको साधारण सभा तथा प्रथम अधिबेशन सम्पन्न भएको छ । अधिबेशनले सन्जीब रोक्काको अध्यक्षतामा ७ सदस्यीय संचालक समितिको चयन गरेको छ । शनिबार कम्पनीको प्रधान कार्यालय सिद्धार्थनगरमा संक्षिप्त्त सभाको आयोजना गरी साधारणसभा तथा प्रथम अधिबेशन सम्पन्न गरेको हो ।
सभाको उद्घाटन गर्दै नेपाल यातायात ब्यवसयी राष्ट्रिय महासंघ लुम्बिनी प्रदेश संयोजक डिल बहादुर ढुङ्गानाले उद्घाटन गर्नुभयो । उद्घाटन सभामा बोल्दै ढुङ्गानाले कोभिडको सबैभन्दा मारमा यातायात ब्यवसाय परेको भन्दै, ब्यवसायीलाई सहुलियत प्रदान गरी उनिहरुको आर्थिक स्तर उकास्न आवश्यक पहल गर्नुपर्ने बताउनुभयो । यस्तै समितिको नाममा रहेको भौतिक सम्पत्ती कम्पनीको नाममा रुपान्तरण गर्न नेपाल सरकार संग पहल भएको र सरकारको तर्फबाट सकारात्मक रुपमा सामाधान गरिदिने आश्वासन भएको बताउनुभयो । सरकारले सार्बजनिक यातायातलाई उपेक्षा गरेको भन्दै बैज्ञानिक भाडादर लागू नगरेको, तेलको मूल्य अत्याधिक बढेकोहुँदा मूल्य वृद्धि फिर्ता नलिए सार्बजनिक यातायातको भाडादर वृद्धिगरि लागू गर्ने महासङले तयारी गरेको जानकारी दिनुभयो । सवारी दुर्घटनामा कानुनले तोकेको भन्दा अत्याधिक धेरै खर्च हुने गरेको हुँदा ब्यवसायीले हरेक दुर्घटनामा ठूलो क्षेती ब्यहोर्नुपरेको हुँदा सरकारले यस विषयमा ध्यान दिनुपर्ने बताउनुभयो ।
साधारणसभामा ब्यवसायीक हकहितका लागी बिस्थापित कोष स्थापना गर्ने, कुनै ब्यवसायीको कालगतिले मृत्यु भएको खण्डमा २ लाख सहयोग गर्ने नीति लिएको प्रतिबेदन प्रस्तुत भएको थियो । यस्तै ब्यससायीको आर्थिक भार कम गर्नका लागी सिद्धार्थ सार्बजनिक बहुउद्देश्यीय सहकारी संस्था संचालन गर्ने, राष्ट्रब्यापी रुपमा स्तरीय सेवा संचालन गर्ने जस्ता महत्त्वपूर्ण नीति लिएको अध्यक्ष सन्जीब रोक्काले बताउनुभयो ।
आम ब्यवसायीले मेरो धर्म र पेशा के हो बुझ्नुपर्ने हुन्छ । जसका लागी आफ्नो पेशालाई प्राथमिकतामा राख्नुपर्ने सहभागी बक्ताहरुले बताए । साधारणसभा सभामा सिद्धार्थ यातायात ब्यवसायी समिति स्थापना देखि कार्यालय प्रमुखको रुपमा कार्यरत रहि ३० बर्ष सेवा अबधी पुरागरी अवकाश लिनुभएका तुल बहादुर केसि लाई सम्मान गरेको छ । यस्तै सवारी दुर्घटनामा मृत्यु भएका सवारिधनी रामचन्द्र चौधरीकी श्रीमती कौशिला थारुलाई नगद १० लाख सहयोग गरेको छ ।
सिद्धार्थ यातायातमा २ सय ५५ जना शेयर सदस्य रहेका छन । सबिकको समिति २०४७ सालमा स्थापना भएको थियो । सरकारले समिति खारेज गरेपछि २०७४ सालमा कम्पनीमा रुपान्तरण भएको थियो । कम्पनीको कुल चुक्ता पुजी ३ करोड रहेको छ ।
कम्पनिको संक्षिप्त्त प्रतिनिधिमुलक अधिबेशनबाट अध्यक्ष सन्जिब रोक्काको नेतृत्व मा, सुनिल राज बिस्ट, सियाराम यादब, जितेन्द्र राज क्षेत्री, लोक बाहादुर गुरुङ, एजाज वारिस र खडक बहादुर गुरुङ समेत ७ जनाको संचालक समिती सर्बसम्मत निर्बाचित भएका छन ।
साधारणसभामा प्रालिका अध्यक्ष सन्जीब रोक्काको अध्यक्षता, वरिष्ठ उपाध्यक्ष सुनिलराज बिष्टको स्वागत र कम्पनीका उपाध्यक्ष सियाराम यादबको संचालनमा कार्यक्रम भएको थियो ।
सार्बजनिक यातायात ब्यवसाय भरपर्दो र यात्रुमैत्री यातायात हुन आवस्यक छ । यसका लागी सरकारले ध्यान दिनुपर्ने र ब्यवसायीको संरक्षण र अभिभावकीय भुमिकामा रहेका कम्पनीहरुले बेलैमा ध्यान दिन आवस्यक रहेको छ ।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…