काठमाडौं: पोखरामा जारी आहा रारा गोल्डकपको फाइनल खेल आज हुँदैछ। पोखरा रंगशालामा आज हुने फाइनल खेलमा विभागीय टोली एपीएफ र पोखरेली टोली मनाङ मर्स्याङदी क्लब दिउँसो २ बजे आमनेसामने हुनेछन्।
आहा रारा गोल्डकपको ६ पटकको च्याम्पियन मनाङको लक्ष्य सातौ पटक उपाधि जित्दै आहा राराको सर्वाधिक सफल टिम बन्ने हुनेछ। प्रतियोगिता २० औं संस्करणसम्म आइपुग्दा मनाङ र नेपाल पुलिसले समान ६ पटक उपाधि जितेका छन्। फाइनल प्रवेशका लागि मनाङले क्वाटरफाइनलमा नेपाल पुलिस क्लबलाई २-० गोलअन्तरले हराएको थियो भने सेमिफाइनलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई पेनाल्टी सुटआउटमा हराएको थियो।
अर्कोतर्फ एपीएफ पहिलो पटक उपाधि जित्ने होडमा छ। प्रिक्वाटरफाइनलमा साहारा क्लबलाई २-० ले हराउँदै क्वाटरफाइनल प्रवेश गरेको एपीएफले क्वाटरफाइनलमा भुटनिज युथ स्पोर्ट्स क्लबलाई १-३ गोलअन्तरले हराएको थियो। त्यस्तै सेमिफाइनलमा शहीद स्मारक ए डिभिजन लिगको साविक विजेता एवम अहिलेको लिग लिडर मछिन्द्र क्लबलाई ३-१ गोलअन्तरले हराउँदै फाइनल प्रवेश गरेको थियो।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…