पोखरा । माननीय मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको टोलीले बेनी जोमसोम कागबेनी कोरोला सडकको अनुगमन गरेको छ । शनिबार टोली कोरोला पुगेको थियो ।
नाकामा संरचना बनाएर भन्सार सञ्चालनका लागि संघ सरकारको ध्याकर्षण गराउने उहाँले प्रतिबद्धता जनाउनुभएको छ ।
त्रिवेणी कोरोला सडक प्रदेशको लाइफलाइन नै मानिएको छ । जोमसोमदेखि माथि पुलहरु धमाधम बनिरहेको भए पनि घाँसा खण्डमा भने काम सुस्त भएको र पहिरोको पनि जोखिम छ । उहाँले सम्बन्धित कार्यालयका प्रमुखलाई छिटो काम सक्न निर्देशन दिनुका साथै थप लगानीका लागि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्व पौडेलको ध्यानाकर्षण गराउनुभएको छ ।
उहाँले नेचुङ भन्सार कार्यालय र बोर्डर आउट पोस्ट पनि अवलोकन गरी वस्तुस्थितिबारे जानकारी लिनुभएको छ ।
टोलीमा आन्तरिक मामिला मन्त्री डोबाटे विक,बिधायन सभा सभापति बिष्णु प्रसाद लामिछाने , मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार खड्डबहादुर कमाल, मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालयका सचिव रामप्रसाद आचार्यसहित सहभागी हुनुहुन्थ्यो ।
मुख्यमन्त्री ज्यूले शुक्रबार पवित्र तीर्थस्थल मुक्तिनाथको अवलोकन एवं दर्शन गर्नुभएको छ ।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…