मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल द्वारा कोरोला सडकको अनुगमन ।

२०७९, १२ भाद्र आईतवार १९:४०

पोखरा । माननीय मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको टोलीले बेनी जोमसोम कागबेनी कोरोला सडकको अनुगमन गरेको छ । शनिबार टोली कोरोला पुगेको थियो ।

नाकामा संरचना बनाएर भन्सार सञ्चालनका लागि संघ सरकारको ध्याकर्षण गराउने उहाँले प्रतिबद्धता जनाउनुभएको छ । 

त्रिवेणी कोरोला सडक प्रदेशको लाइफलाइन नै मानिएको छ । जोमसोमदेखि माथि पुलहरु धमाधम बनिरहेको भए पनि घाँसा खण्डमा भने काम सुस्त भएको र पहिरोको पनि जोखिम छ । उहाँले सम्बन्धित कार्यालयका प्रमुखलाई छिटो काम सक्न निर्देशन दिनुका साथै थप लगानीका लागि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्व पौडेलको ध्यानाकर्षण गराउनुभएको छ । 

उहाँले नेचुङ भन्सार कार्यालय र बोर्डर आउट पोस्ट पनि अवलोकन गरी वस्तुस्थितिबारे जानकारी लिनुभएको छ । 

टोलीमा आन्तरिक मामिला मन्त्री डोबाटे विक,बिधायन सभा सभापति बिष्णु प्रसाद लामिछाने , मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार खड्डबहादुर कमाल, मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालयका सचिव रामप्रसाद आचार्यसहित सहभागी हुनुहुन्थ्यो । 

मुख्यमन्त्री ज्यूले शुक्रबार पवित्र तीर्थस्थल मुक्तिनाथको अवलोकन एवं दर्शन गर्नुभएको छ ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु