साताको दोस्रो कारोबार दिन सोमबार नेप्से परिसूचक १.६२ प्रतिशत घटेर २६१०.६० विन्दुमा झरेको छ। यस दिन सेन्सेटिभ इण्डेक्स १.३१ प्रतिशत घटेको छ भने फ्लोट इण्डेक्स १.५७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.३५ प्रतिशत घटेको छ।नेप्से परिसूचक ४३ अंक घटेर बन्द भएको छ।यस दिन कारोबारमा आएका १९८ स्टकको मूल्य ओरालो लागेसँगै नेप्सेले सो बराबरको अंक गुमाएको छ।
यस दिन नेप्से ओरालो लागेपनि कारोबार रकम भने सामान्य बढेको छ। अघिल्लो कारोबार दिन ३ अर्ब २७ करोड रुपैयाँको शेयर खरिदबिक्री भएको बजारमा यस दिन २२७ स्टकको ५४ हजार १२१ पटकको कारोबारमा ३ अर्ब ६६ करोड १ लाख ८९ हजार रुपैयाँ बराबरको ७८ लाख ३४ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
सोमबार १९८ स्टकको मूल्य घटेको छ। जसमध्ये तेह्रथुम पावर कम्पनी र सामलिङ पावर कम्पनीको शेयरमूल्य नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। तेह्रथुम पावरको शेयरमूल्य यस दिन ७८ रुपैयाँ ८० पैसा घटेर ७०९ रुपैयाँ २० पैसामा अन्तिम कारोबार भएको छ भने सामलिङ पावरको ७९ रुपैयाँ घटेर ७११ रुपैयाँमा अन्तिम कारोबार भएको छ। यस दिन दिव्यश्वरी हाइड्रोपावरको शेयरमूल्य साढे ८ प्रतिशत घटेको छ। यस दिन २० स्टकको मात्र मूल्य बढेको छ जसमध्ये अधिकांश म्युचुअल फण्ड र डिबेन्चर रहेका छन्।
यस दिन १३ वटै उपसमूहको परिसूचक घटेको छ। जसमध्ये जलविद्युत उपसमूहको परिसूचक सर्वाधिक ३.०९ प्रतिशत घटेको छ। त्यसैगरी, यस दिन वित्त, लगानी, जीवन बीमा, उत्पादन तथा प्रशोधन, निर्जीवन बीमा र व्यापार उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ।
कारोबार रकमका आधारमा यस दिन अपि पावर कम्पनी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन १६ करोडभन्दा बढीको शेयर कारोबार भएको छ। त्यसैगरी, यस दिन अरुण भ्यालु हाइड्रोपावरको करिब १५ करोडको शेयर कारोबार भएको छ भने हिमालयन डिष्टिलरी र अपर तामाकोशीको १३ करोडभन्दा बढीको शेयर किनबेच भएको छ।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…