१९८ स्टकको मूल्य घट्दा ४३ अंक घट्यो नेप्से २६१०.६० विन्दुमा

 साताको दोस्रो कारोबार दिन सोमबार नेप्से परिसूचक १.६२ प्रतिशत घटेर २६१०.६० विन्दुमा झरेको छ। यस दिन सेन्सेटिभ इण्डेक्स १.३१ प्रतिशत घटेको छ भने फ्लोट इण्डेक्स १.५७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.३५ प्रतिशत घटेको छ।नेप्से परिसूचक ४३ अंक घटेर बन्द भएको छ।यस दिन कारोबारमा आएका १९८ स्टकको मूल्य ओरालो लागेसँगै नेप्सेले सो बराबरको अंक गुमाएको छ।

यस दिन नेप्से ओरालो लागेपनि कारोबार रकम भने सामान्य बढेको छ। अघिल्लो कारोबार दिन ३ अर्ब २७ करोड रुपैयाँको शेयर खरिदबिक्री भएको बजारमा यस दिन २२७ स्टकको ५४ हजार १२१ पटकको कारोबारमा ३ अर्ब ६६ करोड १ लाख ८९ हजार रुपैयाँ बराबरको ७८ लाख ३४ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

 

सोमबार १९८ स्टकको मूल्य घटेको छ। जसमध्ये तेह्रथुम पावर कम्पनी र सामलिङ पावर कम्पनीको शेयरमूल्य नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। तेह्रथुम पावरको शेयरमूल्य यस दिन ७८ रुपैयाँ ८० पैसा घटेर ७०९ रुपैयाँ २० पैसामा अन्तिम कारोबार भएको छ भने सामलिङ पावरको ७९ रुपैयाँ घटेर ७११ रुपैयाँमा अन्तिम कारोबार भएको छ। यस दिन दिव्यश्वरी हाइड्रोपावरको शेयरमूल्य साढे ८ प्रतिशत घटेको छ। यस दिन २० स्टकको मात्र मूल्य बढेको छ जसमध्ये अधिकांश म्युचुअल फण्ड र डिबेन्चर रहेका छन्।

यस दिन १३ वटै उपसमूहको परिसूचक घटेको छ। जसमध्ये जलविद्युत उपसमूहको परिसूचक सर्वाधिक ३.०९ प्रतिशत घटेको छ। त्यसैगरी, यस दिन वित्त, लगानी, जीवन बीमा, उत्पादन तथा प्रशोधन, निर्जीवन बीमा र व्यापार उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ।

कारोबार रकमका आधारमा यस दिन अपि पावर कम्पनी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन १६ करोडभन्दा बढीको शेयर कारोबार भएको छ। त्यसैगरी, यस दिन अरुण भ्यालु हाइड्रोपावरको करिब १५ करोडको शेयर कारोबार भएको छ भने हिमालयन डिष्टिलरी र अपर तामाकोशीको १३ करोडभन्दा बढीको शेयर किनबेच भएको छ।

Sanjay poudyal

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago