अन्तर्राष्ट्रिय विमानस्थलको रुपमा गौतमबुद्ध विमानस्थल यान्त्रिक परीक्षण उडान सकियो

बिजय खनाल, बुटवल: गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा फागुन ६ गतेदेखि सुरु गरिएको यान्त्रिक परीक्षण उडान (क्यालिब्रेशन फ्लाइट) सकिएको छ । थाइल्याण्डबाट ल्याइएको एरो थाईको विशेष विमानबाट यान्त्रिक परीक्षण उडान गरिएको हो । त्यसक्रममा उडान भरेको विमानको दुरी जाँच, उडान भरेको विमानले प्रयोग गर्ने रुटको जाँच, उडान भर्दा र अवतरण गर्दा धावनमार्गमा जडान गरिएको लाइटिङ लगायतका परीक्षणहरू गरिएको छ ।

थाइल्याण्डको पाइलटसहितको प्राविधिक टोलीले नौ दिनसम्म यान्त्रिक उडान गरेर सञ्चारलगायत उपकरणहरूको जाँच गरेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक गोविन्दप्रसाद दाहालले बताए । उनका अनुसार यान्त्रिक उडानको प्रारम्भिक रिपोर्टमा विमानस्थलमा जडान भएका सञ्चारलगायतका उपकरणहरू ठिक पाइएको छ ।

विमानस्थलको आइसीपी टु आयोजनाका प्रमुख प्रवीण न्यौपानेले प्रारम्भिक रिपोर्ट सन्तोषजनक आएको र अन्तिम रिपोर्ट आएपछि उपकरणबारेको सबै अवस्था थाहा हुने बताए । विमानस्थलको दुई चरण आइसीपी वान (भौतिक संरचना निर्माण) र आइसीपी टु (सञ्चार उपकरण जडान) अन्तर्गतमा काम भएको छ । विमानस्थलको आईसीपी टु को ठेक्का पाएको एरो थाई कम्पनीले यान्त्रिक उडान गरेको हो ।

आइसिपी टु आयोजना प्रमुख न्यौपानेले कम्पनीलाई फाइनल रिपोर्ट सकेसम्म छिटो उपलब्ध गराउन आग्रह गरिएको बताउनुभयो । ‘अन्तिम रिपोर्ट आएपछि सोही अनुसार थप प्रक्रिया अगाडि बढाउँछौँ, सम्भवतः १५/२० दिनभित्रमा यान्त्रिक उडानका दुवै रिपोर्ट आउने छन्,’ उनले भने ।

विमानस्थल सञ्चालनका लागि ‘मिसन भैरहवा’ नाम दिएर माघ १२ गतेदेखि सय दिनको योजनाअन्तर्गत काम भइरहेको छ । पर्यटन मन्त्रालयअन्र्तगतका निकायबाट काम भइरहे पनि गृह, अर्थलगायत मन्त्रालय अन्तर्गतबाट हुने काम ‘फिल्ड’ मा देखिएको छैन ।

अगामी जेठ २ गते विमानस्थल सञ्चालनको लक्ष्य राखिए पनि विमानस्थलमा गृह अन्तर्गतको अध्यागमन र अर्थ अन्तर्गतको भन्सार कार्यालय राख्ने काम अझै भएको छैन । यद्यपि यो काम अगाडि बढिसकेको महाप्रबन्धक दाहालले बताए । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र अन्य मन्त्रालयबीच समन्वय भएको नदेखिँदा विमानस्थल सञ्चालन लक्ष्य राखिएको मिति अझै धकेलिन सक्ने सम्भावना पनि उत्तिकै छ । महाप्रबन्धक दाहालले भने नेपाल वायुसेवा निगमको एअरबस ए ३३० जहाजबाट वैशाख १ गते परीक्षण उडान गर्ने, त्यस सँगसँगै आइकाओको सर्टिफिकेशन सकेर यस विमानस्थलबाट जेठ २ गतेबाट अन्तर्राष्ट्रिय हवाई सेवा दिने तयारी थालिएको बताए ।

यता, एरो थाईको विमानले नेपालका थप पाँच वटा विमानस्थलमा यान्त्रिक परीक्षण उडान गर्दैछ । काठमाडौं विमानस्थल, पोखरा, नेपालगन्ज, विराटनगर र सिमरा विमानस्थलमा यान्त्रिक परीक्षण उडान गर्न लागिएको हो ।

Kamal Panthi

Recent Posts

श्रेष्ठ द्वारा नेपाल धितोपत्र बोर्ड अध्यक्ष पदबाट राजीनामा

काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago