किन प्रचण्ड र माधव लाई अब जनताले बिस्वास गर्ने त !!

लामो समयको अन्यौल र किचलोका विच एमसीसी प्रतिनिधी सभाबाट सामान्य बहुमतले पारित भएको छ । एमसीसी सँगै नेपाली नेताहरुको चरित्रको अनुहार पनि अनुमोदन भएको छ ।
बालुवाटार देखी बालकोट र खुमलटार देखी कोटेश्वर सम्मको भूमिका एमसीसी अनुमोदन हुने दिन सम्म आइपुग्दा नेपाली जनताले राम्रो सँग केलाएका छन् । एमसीसीको विरोधमा सडकमा कार्यकर्ता उराल्ने गठबन्धन दल नेकपा माओवादी केन्द्र र नेकाप एस लगायककै समर्थनमा एमसीसी अनुमोदन भएको छ ।
अन्नपुर्ण पोष्ट राष्ट्रिय दैनिकले एमसीसीमा देखिएका दलका नेताको चरित्र चित्रण गर्दै विश्लेषणात्मक सामाग्री तयार पारेको छ । अन्नपुर्णले प्रधानमन्त्री शेरबहादुर देउवाालाई बलियो , एमाले अध्यक्ष केपी ओलीलाई रणनितीक , माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई कमजोर र नेकपा एसका अध्यक्ष माधव कुमार नेपाललाई प्रचण्डको पछुवाको संज्ञा दिएको छ ।

अन्नपुर्ण पोष्टमा पत्रकार सुरेन्द्र काफ्लेको विश्लेषणात्मक समाचारमा भनिएको छ, प्रधानमन्त्री शेरबहादुर देउवा बलिया, एमाले अध्यक्ष केपी शर्मा ओली रणनीतिक खेलाडी, प्रचण्ड कमजोर, माधव नेपाल पछुवा ।को-कस्ता खेलाडी ? शिर्षकमा अन्नपुर्ण पोष्टले तयार पारेको विश्लेषणात्मक सामाग्री यस्तो छ
प्रमुख प्रतिपक्षी एमालेद्वारा रोस्ट्रममा नारावाजी। सत्ता गठबन्धनकै सांसदहरूबाट विरोध। तापनि अमेरिकी अनुदान सहायता सम्झौता एमसीसी आइतबार प्रतिनिधिसभाबाट बहुमतले अनुमोदन। यो प्रक्रियामा चार राजनीतिज्ञको मुख्य भूमिका रह्यो। यसमा प्रधानमन्त्री शेरबहादुर देउवा बलिया सावित भएका छन्। एमाले अध्यक्ष केपी शर्मा ओली रणनीतिक हिसाबले अघि देखिएका छन्। माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कमजोर र एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल पछुवा देखिएका छन्।
विश्लेषक लोकराज बराल एमसीसीको विषयमा देउवाको अडान प्रशंसायोग्य भएको बताउँछन्। ‘म पास गराएरै छोड्छु तिमीहरू गए जाऊ नभनेको भए यो पास नै हुँदैन थियो। म त देउवालाई स्यावास भन्छु’, विश्लेषक बराल भन्छन्।

दाहाल र नेपाल ‘यु टर्न’ हुनुपर्ने अवस्था आउनु दुर्भाग्य भएको उनको भनाइ छ। ‘उनीहरूले सुरुवातदेखि नै मध्यमार्गी बाटो अपनाएको भए आज यसरी लतारिएर पास गर्छु भन्नु त पर्दैन थियो। हिजो यो राष्ट्रघाति भने, अहिले आफैंले भोट हाल्नु पर्‍यो,’ उनी भन्छन्, ‘कसैको लहै लहैमा लागेर नेगेटिभ हुँदा यो दसा भयो।’
नेताको यही चरित्रका कारण राजनीतिक विकृत भएको उनको भनाइ छ। यो मामिलामा डा। बाबुराम भट्टराई जिम्मेवार नेताका रूपमा लिएको उनको भनाइ छ। ओलीले पनि आफूले दर्ता गरेको प्रस्तावको विषय स्पष्ट धारणा नराख्नुलाई राम्रो भन्न नसिकने उनी बताउँछन्। ‘ओलीको खोचे थाप्ने कुरा गलत हो,’ उनी भन्छ्न्, ‘आफूले दर्ता गरेको प्रस्ताव स्पष्ट धारण राख्नुपथ्र्यो।’

देउवा : बलिया प्रधानमन्त्री देउवा आँटिलो र संसदीय राजनीतिका माहिर खेलाडी मानिन्छन्। आँटेको पुर्‍याएरै छोड्ने नेताका रूपमा स्थापित छन। भलै, परिणाम जस्तोसुकै होस्। सर्वोच्चको परमादेशबाट गत असारमा प्रधानमन्त्री बने। एमसीसी संसद्बाट अनुमोदन गराएरै छाड्ने एकसूत्रीय अभियानमा लागे। त्यसका लागि असहमति राख्ने सत्ता साझेदार दलको संगत छाडन तयार भए। बरु एमालेसँग काँध मिलाउन अघि सरे। अन्ततः गठबन्धनकै दलबाट नयाँ जुक्ति निकालियो– एमसीसीको १२ बुँदे व्याख्यात्मक घोषणा। यसले माओवादी केन्द्र र एकीकृत समाजवादीमा ‘भुइँचालो’ ल्याएको छ। राष्ट्रिय जनमोर्चाले त विपक्षमै मतदान गर्‍यो। तापनि देउवाले खेल जिते।

गठबन्धनमा सहमति नजुटेपछि देउवाले एमालेसँग सहकार्यको पहल गरेका थिए। एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पटक–पटक वार्ता गरे। एकातिर गठबन्धनमा भित्रि तयारी, अर्कोतिर विपक्षीसँग पनि सहकार्यको ‘समानान्तर सहकार्य’को पहल जारी नै राखे। तर, न गठबन्धनको विश्वास थियो न विपक्षी एमालेको भर। आफूलाई जसले साथ दिन्छ उसँग सहकार्य गर्ने र साथ नदिनेलाई बीच बाटोमा छोड्न तयार भए।

उनले कांग्रेस महामन्त्री गगन थापा, सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलगायत नेतालाई संवादमा खटाइरहे। एमसीसीका पक्षमा नउभिने भए सत्ता छोड्न गठबन्धनका नेताहरूमाथि दबाब बढाइरहे। ओलीलाई पनि उनका मागमा सकारात्मक रहेको सन्देश प्रवाह गरिरहे। अन्तिममा माओवादी केन्द्र र एकीकृत समाजवादी एमसीसीकै पक्षमा उभिए। देउवाले एमालेलाई पनि बीचमै छोडे। सुरुमा जस्तोसुकै शर्त मान्न तयार भएजस्तो व्यवहार देखाए। तर, एमसीसी अनुमोदन गर्न ‘संसद्को ढोका खोलिदिन’ एमालेले राखेको माग त्यसै लत्याइदिए।
उनले कांग्रेस महामन्त्री गगन थापा, सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलगायत नेतालाई संवादमा खटाइरहे। एमसीसीका पक्षमा नउभिने भए सत्ता छोड्न गठबन्धनका नेताहरूमाथि दबाब बढाइरहे। ओलीलाई पनि उनका मागमा सकारात्मक रहेको सन्देश प्रवाह गरिरहे। अन्तिममा माओवादी केन्द्र र एकीकृत समाजवादी एमसीसीकै पक्षमा उभिए। देउवाले एमालेलाई पनि बीचमै छोडे। सुरुमा जस्तोसुकै शर्त मान्न तयार भएजस्तो व्यवहार देखाए। तर, एमसीसी अनुमोदन गर्न ‘संसद्को ढोका खोलिदिन’ एमालेले राखेको माग त्यसै लत्याइदिए।
रणनीतिक खेलाडी ओली एमाले अध्यक्ष ओली एमसीसी अनुमोदनमा रणनीतिक खेलाडीका रूपमा देखिएका छन्। कांग्रेसले आफ्ना माग पूरा गरे एमसीसीका पक्षमा मतदान गर्ने र गठबन्धन भत्किन सक्ने सन्देश दिन ओली सफल भए। देउवा र ओली मिल्न सक्ने त्रासले दाहाल र नेपाल एमसीसीका पक्षमा उभिन बाध्य भए। उनीहरूलाई एमसीसीभन्दा पनि गठबन्धन जोगाउनुपर्ने बाध्यता थियो।

ओली प्रधानमन्त्री हुँदा सरकारले एमसीसी संसद्मा दर्ता गरेको थियो। उक्त सम्झौताको विषयमा विरोध नगरे पनि ओलीले स्पष्ट धारणा भने ल्याएनन्। आफूले कारबाही गरेका १४ सांसदलाई कारबाहीको निक्र्योल नभएसम्म यो विषयमा धारणा बनाउन नसक्ने अडान लिइरहे। एमसीसीमा सहयोग माग्न आएका देउवालाई १४ सांसदलाई पदमुक्त गर्नुपर्ने, सभामुखले राजीनामा दिनुपर्ने र गठबन्धन भत्काउनुपर्ने अडान राखे।

देउवा र ओलीबीच छलफल तीव्र भएपछि दाहाल र नेपाल झस्किए। ‘मुख पनि नहेर्ने’ भन्दै आएका दाहाल ओलीलाई भेट्नै पर्ने अवस्थामा पुगे। उनको रणनीति नै दाहाल र नेपाललाई एमसीसीका पक्षमा मतदान गराउनु थियो। पुरानै नारा दिएर पार्टीका सांसदलाई नारावाजीमा उतारे। एमसीसीको पक्ष÷विपक्षमा पार्टीलाई मत हाल्न दिएनन्। यद्यपि, आफ्नै नेतृत्वको सरकारले संसद्मा दर्ता गरेको प्रस्तावमा मौनताप्रति कांग्रेसले प्रश्न उठाएको छ।

Kamal Panthi

Recent Posts

बिर्तामोडका युवा उद्यमी विनोद बस्नेत असामयिक निधनले बिर्तामोड स्तब्ध बस्नेत घरमै मृत फेला

बिर्तामोड, झापा — झापा गोल्डकपका पूर्वअध्यक्ष तथा बिर्तामोडका चर्चित युवा उद्यमी विनोद बस्नेत आफ्नै निवासमा…

56 years ago

बिर्तामोडमा क्राइटेरियन एजुकेशन फाउण्डेशन सञ्चालनमा

बिर्तामोड- झापाको बिर्तामोडमा क्राइटेरियन एजुकेशन फाउण्डेशन सञ्चालनमा आएको छ । नयाँ वर्षको थालनीसँगै बिर्तामोडमा क्राइटेरियन…

56 years ago

त्रिभुवन विश्वविद्यालय र जापानी सहकार्यमा प्रविधिमैत्री संगीत पाठ्यक्रम: एआईमार्फत नेपाली कला-संस्कृतिको विश्विकरण

काठमाडौँ — त्रिभुवन विश्वविद्यालयले जापानको युनिभर्सिटी अफ इन्फरमेटिक्स कोतो (केसीजीआई)  सँगको सहकार्यमा प्रविधिमैत्री संगीतसम्बन्धी नयाँ…

56 years ago

आमाको मुख हेर्ने पर्व : ममता, श्रद्धा र आशीर्वादको दिव्य उत्सव

काठमाडौँ – आमाको मुख हेर्ने पर्व : श्रद्धा, भक्ति र आशीर्वादको अनुपम अवसर हरेक वर्ष…

56 years ago

बिर्ताबजारमा नयाँ पार्क निर्माणको थालनी : हरित बिर्तामोड अभियानमा सक्रिय सहभागिता

बिर्तामोड , २०८०, २२ जेष्ठ सोमबार बिर्ताबजार स्थित महेन्द्ररत्न माध्यमिक विद्यालय अगाडि विश्व वातावरण दिवसका…

56 years ago

मञ्जु ओली मञ्जुश्री अशाहाय संरक्षण केन्द्र झापा शाखाको नयाँ अध्यक्षमा चयन

झापा। मञ्जुश्री अशाहाय संरक्षण केन्द्र, झापा शाखाको नेतृत्वमा नयाँ ऊर्जा थपिँदै मञ्जु ओलीले अध्यक्ष पद…

56 years ago