म्याग्दी: सदरमुकाम बेनीस्थित प्रकाश माध्यमिक विद्यालयमा कक्षा १० अध्ययनरत विद्यार्थीलाई शिक्षकले निर्घात कुटपिट गरेका छन् । लेखा शिक्षक नवीन घिमिरेको निर्घात कुटपिटले बेनी–६ माझखेतका राजन पौडेल घाइते भएको भन्दै अभिभावकले विद्यालयमा उजुरी गरेका छन् ।
पढाइरहेका शिक्षक घिमिरेलाई पछाडिबाट कसैले कागजको डल्लोले हानेपछि रिसाएका शिक्षकले पौडेलसहित ५ छात्रलाई पाइपको लौरोले पिटेको पीडित परिवारले जनाए । ‘छोराले वान्ता गर्ने, खाना नखाने र श्वास फेर्न समस्या भएपछि बेनी अस्पतालमा एक्सरे गर्दा करङ भाँचिएको रहेछ,’ पीडितका बाबु भीमप्रसादले भने ।
विद्यालय प्रशासनले भने सोधपुछ क्रममा शिक्षकले हात, नितम्बमा ५ जनालाई कुटपिट गरेको तर घाइते हुने गरी नहानेको दाबी गरेको छ ।
काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…