निःशुल्क भन्दै कोरोना संक्रमितसँग रकम असुल्दै चितवन मेडिकल कलेज

चितवन । सरकारसँग कोरोना भाइरस सङ्क्रमितको निःशुल्क उपचार गर्ने सम्झौता गरेको चितवन मेडिकल कलेजले कोरोना सङ्क्रमितसँग पनि पैसा लिएको पाइएको छ ।

फाइल फोटो

जिल्ला प्रशासन कार्यालय चितवनले बिरामीसँग पनि पैसा लिएको भए उजुरी गर्नुस् भनी सार्वजनिक सूचना प्रकाशन गरेपछि उपचार गराएका सङ्क्रमितले उजुरी दिएका छन् । आइतबार प्रशासनले सूचना सार्वजनिक गरेपछि कोरोना सङ्क्रमितले बुधबार जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएका हुन् ।

सरकारसँगको सम्झौताविपरीत चितवन मेडिकल कलेजले बिरामीसँग पैसा लिएको तर उनीहरूलाई निःशुल्क उपचार गरेको भनी सरकारसँग भुक्तानी दाबी गरेको थियो । तीन जनाले जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएका छन् । उजुरी दिनेमध्ये कोरोना सङ्क्रमित भरतपुर महानगरपालिका–२० का कृष्ण भण्डारी गत जेठ २ गते चितवन मेडिकल कलेजमा भर्ना भएर असार ७ गते उपचारपछि घर गएका थिए । यो क्रममा ६ लाख ८२ हजार ७८० रुपियाँ बिल उठेको भण्डारीले बताए । त्यसमा कलेजले एक लाख रुपियाँ छुट दिएर ५ लाख ८२ हजार ७८० रुपियाँ आफूले तिरेको उनले जानकारी दिए ।

निःशुल्क उपचार गर्छु भनेर पैसा लिएपछि भण्डारीले जिल्ला प्रशासन कार्यालयमा केही हप्ताअगाडि नै जानकारी गराएका थिए तर यस विषयमा कुनै सुनुवाइ भएको थिएन । अहिले प्रशासन कार्यालयले सार्वजनिक रूपमा उजुरी दिन आह्वान गरेपछि आफूले उजुरी दर्ता गरेको उनले बताए ।३७ दिन अस्पतालमा बस्दा भेन्टिलेटर, आईसीयू र एचडीयूमा बसेर उपचार गरिएको बताए । कुरुवाको खर्च, खाइखर्च र अन्य गरेर १२ लाख रुपियाँ सकिएको थियो । अस्पतालमा मात्रै पाँच लाख रुपियाँभन्दा धेरै तिरेको बिल आफूसँग भएको दाबी उनको छ ।

चितवन मेडिकल कलेजमा उपचार गराएकी हिमालक्ष्मी भट्टको परिवारले नौ दिनको ९० हजार रुपियाँ बुझाएको छ । बिरामीका आफन्त नारायण केसीले रकम बुझाएको तर अस्पतालले अहिले निःशुल्क उपचार गरेको भनी सरकारसँग पनि माग गरेको सुन्दा अचम्मित भएको बताए । उनी जस्तै सिरहा गोलबजार–१३ का मनोजकुमार सिंहले पनि यो कलेजमा उपचार गराउँदा एक लाख ३८ हजार छ सय रुपियाँ तिरेका छन् । निःशुल्क उपचार भने पनि पैसा तिर्नु परेको भन्दै उनले जिल्ला प्रशासन कार्यालयको इमेलमा प्रमाणसहित उजुरी दिएका छन् ।

प्रशासनले सूचना सार्वजनिक गरेपछि उजुरी दिने क्रम वृद्धि भएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खेमराज पौडेलले जानकारी दिए । कतिपयको मौखिक उजुरी परेको छ, कतिले फेसबुकमार्फत उजुरी गर्नुभएको छ, उनले भने, ‘प्रमाण पुगेर आएका उजुरीमाथि आवश्यक अनुसन्धान हुनेछ, अझै उजुरी दिने समय बाँकी रहेकाले केही भन्न सकिँदैन ।’अस्पतालले यसअगाडि पनि निःशुल्क उपचारको व्यवस्था भए पनि पैसा लिएको भनी निवेदन दिन आएका घटना भएको पौडेलले बताए । चितवन मेडिकल कलेज र पुरानो मेडिकल कलेजले सरकारसँग भएको सम्झौताविपरीत उपचारमा पैसा लिएको भन्दै बिरामीले गुनासो गर्दै आएका छन् ।

कोरोना सङ्क्रमितको उपचार व्यवस्थापन सम्बन्धमा सम्झौता भएका अस्पतालले गत वैशाखदेखि असार १५ गतेसम्म उपचार गरिएका बिरामीको सम्झौताबमोजिम निःशुल्क उपचार गर्ने गरी सम्झौता भएको थियो । सरकारले कोरोना सङ्क्रमितको उपचार गर्दा आइसोलेसनमा बसेको दैनिक दुई हजार, एचडीयूमा बसेको तीन हजार पाँच सय र आईसीयू तथा भेन्टिलेटरमा बसेका बिरामीको उपचारमा दैनिक १५ हजार रुपियाँ मात्रै लिन पाउने व्यवस्था गरेको थियो ।

Bishawas Acharya

Recent Posts

बिर्तामोडका युवा उद्यमी विनोद बस्नेत असामयिक निधनले बिर्तामोड स्तब्ध बस्नेत घरमै मृत फेला

बिर्तामोड, झापा — झापा गोल्डकपका पूर्वअध्यक्ष तथा बिर्तामोडका चर्चित युवा उद्यमी विनोद बस्नेत आफ्नै निवासमा…

56 years ago

बिर्तामोडमा क्राइटेरियन एजुकेशन फाउण्डेशन सञ्चालनमा

बिर्तामोड- झापाको बिर्तामोडमा क्राइटेरियन एजुकेशन फाउण्डेशन सञ्चालनमा आएको छ । नयाँ वर्षको थालनीसँगै बिर्तामोडमा क्राइटेरियन…

56 years ago

त्रिभुवन विश्वविद्यालय र जापानी सहकार्यमा प्रविधिमैत्री संगीत पाठ्यक्रम: एआईमार्फत नेपाली कला-संस्कृतिको विश्विकरण

काठमाडौँ — त्रिभुवन विश्वविद्यालयले जापानको युनिभर्सिटी अफ इन्फरमेटिक्स कोतो (केसीजीआई)  सँगको सहकार्यमा प्रविधिमैत्री संगीतसम्बन्धी नयाँ…

56 years ago

आमाको मुख हेर्ने पर्व : ममता, श्रद्धा र आशीर्वादको दिव्य उत्सव

काठमाडौँ – आमाको मुख हेर्ने पर्व : श्रद्धा, भक्ति र आशीर्वादको अनुपम अवसर हरेक वर्ष…

56 years ago

बिर्ताबजारमा नयाँ पार्क निर्माणको थालनी : हरित बिर्तामोड अभियानमा सक्रिय सहभागिता

बिर्तामोड , २०८०, २२ जेष्ठ सोमबार बिर्ताबजार स्थित महेन्द्ररत्न माध्यमिक विद्यालय अगाडि विश्व वातावरण दिवसका…

56 years ago

मञ्जु ओली मञ्जुश्री अशाहाय संरक्षण केन्द्र झापा शाखाको नयाँ अध्यक्षमा चयन

झापा। मञ्जुश्री अशाहाय संरक्षण केन्द्र, झापा शाखाको नेतृत्वमा नयाँ ऊर्जा थपिँदै मञ्जु ओलीले अध्यक्ष पद…

56 years ago