देशैभरि मनसुन, सातै प्रदेशमा भारी वर्षा हुने

यस वर्षको मनसुन प्रणाली जेठ २३ गते नेपालको प्रदेश नं १ मा आगमन भई असार १२ बाट देशैभर फैलिएकाे छ । देशको पहाडी भू-भागमा पहिरो तथा गेग्रान बहावको जोखिम रहेको, ठूला तथा साना नदी नाला र खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन आग्रहसमेत गरेका छन्।

मनसुनको न्यून चापीय रेखा नेपालको तराई भू-भाग नजिक आईपुग्ने सम्भावना भएकोले मनसुन थप सक्रिय हुने हुँदा मंगलबार रातिबाट सातै प्रदेशमा भारी वर्षा हुने मौसमविदले जानकारी दिएका छन्। मौसमविद् हिरा भट्टराईका अनुसार आज दिनभर झरी पर्ने छ। भोलि रातिबाट ठूलो पानी पर्ने र यो क्रम बिहिबारसम्म रहनेछ। आजदेखि काठमाडौं उपत्यकासहित मुलुकभर हल्का पानी परिरहने र भोलिदेखि ठूलो पानी पर्ने सम्भावना छ । उनका अनुसार आज केहीबेर पानी पर्न रोकिए पनि दिनभर घाम लाग्दैन। साँझ ठूलो पानी पर्नसक्छ, भोलि रातिदेखि बिहिबारसम्म ठूलो पानी पर्ने सम्भावना छ। आज प्रदेश १, मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना रहेको बताए ।

मंगलबारदेखि बिहिबार सम्म देशभर सामान्य देखि पूर्णतया बदली रही ठूलो पानी पर्ने सम्भावना रहेको छ। प्रदेश नं १, मधेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका अधिकांश भूभाग तथा कर्णाली तथा सुदूरपश्चिम प्रदेशका तराईका क्षेत्रमा ठूलो पानी पर्ने सम्भावना रहेको छ।

bhabindra gautam

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago