जापान । अनेसास जापानको आयोजनमा २०९औँ भानु जयन्ती तथा संस्थाको ६३ औँ नियमित साहित्य शृङ्खलाको अवसर पारेर टोकियोमा एक भव्य साहित्यिक समारोह सम्पन्न भएको छ।
अनेसास जापानका अध्यक्ष रविन शर्माको अध्यक्षता तथा टोकियोस्थित नेपाली राजदूतावासका कार्यवाहक राजदूत अम्बिका जोशीज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा लामो समयदेखि जापानमा रहेर कर्म गरिरहनुभएका तीन स्रष्टाका छुट्टाछुट्टै विधाका तीन पुस्तक विमोचन तथा पुस्तकमाथि विमर्श गरिएको थियो। शरद पोख्रेलको कवितासङ्ग्रह ‘मरुभूमिमा डुङ्गा’ माथि अमृत ढकालले टिप्पणी राख्नुभएको थियो भने प्रदीप थापाकृत ‘अक्षरारम्भ’माथि वेद काफ्लेको टिप्पणी रहेको थियो। त्यस्तै गरी हरिश कल्पितको कथासङ्ग्रह ‘ग्याब्रिएले’ माथि गृष्मा पौड्यालले आफ्नो विचार राख्नुभएको थियो।
आदिकवि भानुभक्त आचार्यको तस्विरमा दीप प्रज्ज्वलन तथा माल्यार्पण गरी राष्ट्रीय गान बजाएर आरम्भ गरिएको कार्यक्रममा एनआरएनए जापानका अध्यक्ष शिवप्रसाद पौडेल, पत्रकार महासंघ जापानका अध्यक्ष मोहन घले, अनेसास जापानका पूर्व अध्यक्षहरू दीप पाठक, निवर्तमान अध्यक्ष गिरिजा गैह्रे, संस्थाका सल्लाहकारहरू हारुहितो नोजु, शरद गौचन लगायत जापानमा कृयाशिल विभिन्न संघसंस्थाका प्रतिनिधिहरूले मन्तव्य व्यक्त गर्दै विमोचित पुस्तकहरूको सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो। कार्यक्रममा अनेसास केन्द्रले गर्ने वालतारा कार्यक्रमकि विजेता जेनिसा थापालाई नगद पुरस्कार र प्रमाणपत्र तथा विमोचित पुस्तकका लेखक तथा समीक्षकहरूलाई प्रशंसापत्र तथा मायाको चिनो अर्पण गरिएको थियो।
संस्थाका सचिवद्वय अनिल कुमार निर्दोष र राजेन्द्र पैडेलले सहजीकरण गर्नुभएको कार्यक्रममा संस्थाका सदस्य केबी पारखीले आमन्त्रित पाहुनाहरूका लागि स्वागत मन्तव्य राख्नुभएको थियो भने संस्थाका अध्यक्ष रविन शर्माबाट कार्यक्रममा उपस्थित सम्पूर्णमा आभार प्रकट गर्दै विमोचित भएका पुस्तकहरूको सफलताको शुभकामना व्यक्त गर्दै कार्यक्रमको समापन। गरिएको थियो। करिब ४ घन्टासम्म चलेको उक्त कार्यक्रममा करिब ८० जना साहित्यप्रेमीहरूको उपस्थिति रहेको थियो।
काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…