प्रवाशी नेपाली मञ्च नागोयाको अध्यक्षमा कृष्ण भूषाल ।

जापान । जापानमा नेकपा (एमाले) निकट प्रवाशी नेपाली मञ्च नागोयाको चौथों अधिवेशन सम्पन्न भएको छ।

अधिवेशनले  कृष्ण भूषालको अध्यक्षतामा सर्वसहमत नयाँ समिति चयन गरेको छ। अधिवेशनको खुल्ला सत्र आयोजक समितिका उप- संयोजक नरेश राईको अध्यक्षता एवं सचिव कुमार अधिकारीको सञ्चालनमा सम्पन्न भएको थियो । बन्द सत्र भने नेपाली प्रवासी मञ्च जापानका राष्ट्रिय कमिटि सचिवालय सदस्य तथा संगठन विभाग प्रमुख कुलचन्द्र खरेलको अध्यक्षता र नेपाली प्रवासी मञ्च जापानका राष्ट्रिय कमिटि सचिवालय सदस्य मिलन घिमिरे सञ्चालनमा सम्पन्न भएको थियो। 

यस अघि प्रवासी नेपाली मञ्च जापानकै नेत्तृत्व चयनमा नागोया क्षेत्रको अहम् भूमिका रहदैँ आएको हुँदा यस क्षेत्रको अधिवेशनका जापान भरिका नै एमाले निकट कार्यकर्ताको उत्सुकता एवं चासो हुने गरेको छ। त्यसैले पनि यसपालि प्रवासी मञ्च ,नागोयाले अनुभवि , सबैलाई मिलाएर लान सक्ने कृष्ण भुषालको नेतृत्व पाएको छ।  उनि प्रवासी मञ्च जापानका केन्दिय सदस्य समेत हुन्। भूषालले जापानमा विद्यार्थीहरुको संस्था नेसाजको अध्यक्ष भई नेतृत्व गरि सकेका छन् भने धेरै संघ – संस्थामा रहेर काम गरेको अनुभव उनि संग रहेको जानकारहरु बताउछन् । 

अधिवेशनले भूषाल संगै उपाध्यक्षमा नरेश राई ,सचिव  कुमार अधिकारी ,उप -सचिव सरोज काफ्ले र ईश्वर थापा चयन गरेको छ। कार्य समिति सदस्यहरुमा रविन सापकोटा, मदन खड्का ,नरेश बम ,सरू काफ्ले ,बिशाल खत्री, मदन भन्डारी, 

सि पी जमर कट्टेल ,राजेन्द्र लम्साल रहेका छन् l समितिका अन्य सदस्यहरुमा विशाल क्षेत्री ,भैरव अधिकारी, मनोज खनाल ,सरोज कुसर, विजेता राई ,सरोज गुरूड् चयन भएका छन्। 

आईतवार नायोयामा सम्पन्न अधिवेशनमा प्रमुख अतिथिको रुपमा नेपाली प्रवासी मञ्च पूर्वि एशिया क्षेत्रिय महादेशिय कमिटिका संयोजक डा सरोज कँडेल एवं नेपाली प्रवासी मञ्च जापानका राष्ट्रिय कमिटि सचिवालय सदस्य तथा संगठन विभाग प्रमुख कुलचन्द्र खरेलले पार्टीको वर्तमान अवस्था र भावि कार्यदिसाका बारे चर्चा गरेका थिए। कार्यक्रममा नेपाली प्रवासी मञ्च जापानका राष्ट्रिय कमिटि सचिवालय सदस्य मिलन घिमिरे , नेपाली प्रवासी मञ्च जापानका राष्ट्रिय कमिटि सदस्यहरु अर्जून केसी, एनआरएनए जापानका उपाध्यक्ष राजकुमार अधिकारी ,रेष्टुरेन्ट व्यवशायी तथा कलाकार प्रेम राई , नेपाल पत्रकार महासंघ जापानका पूर्व उपाध्यक्ष बिनोदकुमार सापकोटा , नेपाल पत्रकार महासंघ जापानका सल्लाहकार कविकिरण न्यौपाने लगाएतले निर्वाचित समितिलाई बधाई तथा शुभ कामना व्यक्त गरेका थिए।

Bishawas Acharya

Recent Posts

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago

मध्यरातमै प्रतिनिधिसभा विघटन, फागुन २१ मा आमनिर्वाचन घोषणा

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…

56 years ago