प्रवाशी नेपाली मञ्च नागोयाको अध्यक्षमा कृष्ण भूषाल ।

जापान । जापानमा नेकपा (एमाले) निकट प्रवाशी नेपाली मञ्च नागोयाको चौथों अधिवेशन सम्पन्न भएको छ।

अधिवेशनले  कृष्ण भूषालको अध्यक्षतामा सर्वसहमत नयाँ समिति चयन गरेको छ। अधिवेशनको खुल्ला सत्र आयोजक समितिका उप- संयोजक नरेश राईको अध्यक्षता एवं सचिव कुमार अधिकारीको सञ्चालनमा सम्पन्न भएको थियो । बन्द सत्र भने नेपाली प्रवासी मञ्च जापानका राष्ट्रिय कमिटि सचिवालय सदस्य तथा संगठन विभाग प्रमुख कुलचन्द्र खरेलको अध्यक्षता र नेपाली प्रवासी मञ्च जापानका राष्ट्रिय कमिटि सचिवालय सदस्य मिलन घिमिरे सञ्चालनमा सम्पन्न भएको थियो। 

यस अघि प्रवासी नेपाली मञ्च जापानकै नेत्तृत्व चयनमा नागोया क्षेत्रको अहम् भूमिका रहदैँ आएको हुँदा यस क्षेत्रको अधिवेशनका जापान भरिका नै एमाले निकट कार्यकर्ताको उत्सुकता एवं चासो हुने गरेको छ। त्यसैले पनि यसपालि प्रवासी मञ्च ,नागोयाले अनुभवि , सबैलाई मिलाएर लान सक्ने कृष्ण भुषालको नेतृत्व पाएको छ।  उनि प्रवासी मञ्च जापानका केन्दिय सदस्य समेत हुन्। भूषालले जापानमा विद्यार्थीहरुको संस्था नेसाजको अध्यक्ष भई नेतृत्व गरि सकेका छन् भने धेरै संघ – संस्थामा रहेर काम गरेको अनुभव उनि संग रहेको जानकारहरु बताउछन् । 

अधिवेशनले भूषाल संगै उपाध्यक्षमा नरेश राई ,सचिव  कुमार अधिकारी ,उप -सचिव सरोज काफ्ले र ईश्वर थापा चयन गरेको छ। कार्य समिति सदस्यहरुमा रविन सापकोटा, मदन खड्का ,नरेश बम ,सरू काफ्ले ,बिशाल खत्री, मदन भन्डारी, 

सि पी जमर कट्टेल ,राजेन्द्र लम्साल रहेका छन् l समितिका अन्य सदस्यहरुमा विशाल क्षेत्री ,भैरव अधिकारी, मनोज खनाल ,सरोज कुसर, विजेता राई ,सरोज गुरूड् चयन भएका छन्। 

आईतवार नायोयामा सम्पन्न अधिवेशनमा प्रमुख अतिथिको रुपमा नेपाली प्रवासी मञ्च पूर्वि एशिया क्षेत्रिय महादेशिय कमिटिका संयोजक डा सरोज कँडेल एवं नेपाली प्रवासी मञ्च जापानका राष्ट्रिय कमिटि सचिवालय सदस्य तथा संगठन विभाग प्रमुख कुलचन्द्र खरेलले पार्टीको वर्तमान अवस्था र भावि कार्यदिसाका बारे चर्चा गरेका थिए। कार्यक्रममा नेपाली प्रवासी मञ्च जापानका राष्ट्रिय कमिटि सचिवालय सदस्य मिलन घिमिरे , नेपाली प्रवासी मञ्च जापानका राष्ट्रिय कमिटि सदस्यहरु अर्जून केसी, एनआरएनए जापानका उपाध्यक्ष राजकुमार अधिकारी ,रेष्टुरेन्ट व्यवशायी तथा कलाकार प्रेम राई , नेपाल पत्रकार महासंघ जापानका पूर्व उपाध्यक्ष बिनोदकुमार सापकोटा , नेपाल पत्रकार महासंघ जापानका सल्लाहकार कविकिरण न्यौपाने लगाएतले निर्वाचित समितिलाई बधाई तथा शुभ कामना व्यक्त गरेका थिए।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago