काठमाडौँ: स्वतन्त्र तर्फबाट काठमाडौँ महानगरपालिकाका मेयरको उम्मेदवार घोषणा गरेका बालेन साहले ज्येष्ठ नागरिकहरूको घर-घरमा निशुल्क स्वास्थ्य परीक्षण गर्ने प्रतिबद्धता दोर्याएका छन् । प्रत्येक वडामा डायग्नोस्टिक ल्याबसहितको नियमित स्वास्थय परीक्षण गर्ने प्रतिबद्धता समेत उदघोष गरेका छन् ।
योग्य चिकित्सक, प्रोफेसनल नर्सिङ र फर्मासिस्टको व्यवस्था गरिने शाहले प्रतिबद्धता दोर्याएका छन् । सञ्चालनमा रहेका अस्पतालहरूको पूर्वाधारमा गुणस्तरीय सुधार, उचित सेवा सुविधा, स्वास्थ्य वातावरणसहितको सरसफाइ तथा स्वास्थ्यकर्मीको सेवा सुविधा वृद्धि गर्ने उनले उल्लेख गरेका छन् ।
प्रतिबद्धता पत्रमा मधुमेह र रक्तचाप जस्ता दीर्घकालीन रोगहरूको नियन्त्रण गर्न जग्गी तथा व्यायाम पार्क निर्माण गर्ने उदघोष गरेका छन् । महानगरपालिकाको स्वामित्त्वमा सुविधासम्पन्न एम्बुलेन्स सञ्चालन गर्ने र सबै सेवाहरू कल सेन्टरबाट उपलब्ध गराउने बताए ।
ज्येष्ठ नागरिकहरूको घर-घरमा निशुल्क स्वास्थ्य परीक्षण गरिने र स्वास्थ्य सेवा कार्डको व्यवस्था गरिने समेत उनले प्रतिबद्धता पत्रमा उल्लेख गरेका छन् । निजी तथा सार्वजनिक अस्पतालहरूका रेकर्ड राखिने प्रस्ट पारेका छन् ।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…