काठमाडौँ: स्वतन्त्र तर्फबाट काठमाडौँ महानगरपालिकाका मेयरको उम्मेदवार घोषणा गरेका बालेन साहले ज्येष्ठ नागरिकहरूको घर-घरमा निशुल्क स्वास्थ्य परीक्षण गर्ने प्रतिबद्धता दोर्याएका छन् । प्रत्येक वडामा डायग्नोस्टिक ल्याबसहितको नियमित स्वास्थय परीक्षण गर्ने प्रतिबद्धता समेत उदघोष गरेका छन् ।
योग्य चिकित्सक, प्रोफेसनल नर्सिङ र फर्मासिस्टको व्यवस्था गरिने शाहले प्रतिबद्धता दोर्याएका छन् । सञ्चालनमा रहेका अस्पतालहरूको पूर्वाधारमा गुणस्तरीय सुधार, उचित सेवा सुविधा, स्वास्थ्य वातावरणसहितको सरसफाइ तथा स्वास्थ्यकर्मीको सेवा सुविधा वृद्धि गर्ने उनले उल्लेख गरेका छन् ।
प्रतिबद्धता पत्रमा मधुमेह र रक्तचाप जस्ता दीर्घकालीन रोगहरूको नियन्त्रण गर्न जग्गी तथा व्यायाम पार्क निर्माण गर्ने उदघोष गरेका छन् । महानगरपालिकाको स्वामित्त्वमा सुविधासम्पन्न एम्बुलेन्स सञ्चालन गर्ने र सबै सेवाहरू कल सेन्टरबाट उपलब्ध गराउने बताए ।
ज्येष्ठ नागरिकहरूको घर-घरमा निशुल्क स्वास्थ्य परीक्षण गरिने र स्वास्थ्य सेवा कार्डको व्यवस्था गरिने समेत उनले प्रतिबद्धता पत्रमा उल्लेख गरेका छन् । निजी तथा सार्वजनिक अस्पतालहरूका रेकर्ड राखिने प्रस्ट पारेका छन् ।
बिर्तामोड, झापा — झापा गोल्डकपका पूर्वअध्यक्ष तथा बिर्तामोडका चर्चित युवा उद्यमी विनोद बस्नेत आफ्नै निवासमा…
बिर्तामोड- झापाको बिर्तामोडमा क्राइटेरियन एजुकेशन फाउण्डेशन सञ्चालनमा आएको छ । नयाँ वर्षको थालनीसँगै बिर्तामोडमा क्राइटेरियन…
काठमाडौँ — त्रिभुवन विश्वविद्यालयले जापानको युनिभर्सिटी अफ इन्फरमेटिक्स कोतो (केसीजीआई) सँगको सहकार्यमा प्रविधिमैत्री संगीतसम्बन्धी नयाँ…
काठमाडौँ – आमाको मुख हेर्ने पर्व : श्रद्धा, भक्ति र आशीर्वादको अनुपम अवसर हरेक वर्ष…
बिर्तामोड , २०८०, २२ जेष्ठ सोमबार बिर्ताबजार स्थित महेन्द्ररत्न माध्यमिक विद्यालय अगाडि विश्व वातावरण दिवसका…
झापा। मञ्जुश्री अशाहाय संरक्षण केन्द्र, झापा शाखाको नेतृत्वमा नयाँ ऊर्जा थपिँदै मञ्जु ओलीले अध्यक्ष पद…