गुल्मीका पालिकामा कुन पार्टी बलियो ?

गुल्मी: एमाले एक्लै लडे पनि प्रमुख पदमा गठबन्धनलाई टक्कर दिन सक्ने स्थानीय तहमा मदाने, इस्मा, छत्रकोट र रुरुक्षेत्र गाउँपालिका हुन् । अघिल्लो निर्वाचनमा यीमध्ये कुनै पालिकामा काँग्रेस–माओवादी गठबन्धनका बाबजुद पनि एमालेले जित हासिल गरेको थियो ।

अघिल्लो निर्वाचनमा मदानेमा एमालेका दानबहादुर केसीले ४ हजार ४२३ मत प्राप्त गरी जित हासिल गरेका थिए भने उनका निकटनम प्रतिस्पर्धी नेपाली काँग्रेसका महेन्द्र कुँवरले २ हजार २६६ मत ल्याएका थिए । यस्तै, माओवादी केन्द्रका बेगमबहादुर चन्दले ७२५ मत हासिल गरेका थिए । यो पालिकामा एमालेका उम्मेदवार केसी २२६६ मतान्तरले विजयी भएका कारण पनि यहाँ गठबन्धन भएमा पनि एमाले नै भारी देखिने आँकलन गरिएको हो । यद्यपि, एमाले विभाजनपछि बनेको नेकपा एकीकृत समाजवादीमा लागेकी सहरी विकास मन्त्री रामकुमारी झाँक्रीको जन्मस्थान समेत रहेको यो पालिकामा एमालेको जनमतमा अहिले केही ह्रास आएको बताइन्छ ।

त्यस्तै इस्मा गाउँपालिकामा एमालेका लक्ष्मण बिष्टले ५ हजार ५५ मतका साथ जित हासिल गरेका थिए । यहाँ काँग्रेसका चन्द्रबहादुर महतले ४ हजार मत प्राप्त गरेका थिए भने माओवादी केन्द्रका उम्मेदवार दुर्गाचन्द्र बोहराले ५६९ मत पाएका थिए ।

रुरुक्षेत्र गाउँपालिकामा अघिल्लो निर्वाचनमा काँग्रेस र माओवादीबीच तालमेल हुँदा पनि एमालेले जित हासिल गरेको थियो । एमालेबाट निलकण्ठ गौतमले ५ हजार २२२ मतका साथ जित हासिल गर्दा काँग्रेस–माओवादी गठबन्धनका उम्मेदवार यदु ज्ञवालीले ३ हजार ७६३ मतमात्र हासिल गरेका थिए ।

त्यस्तै छत्रकोट गाउँपालिकामा पनि अघिल्लो निर्वाचनमा काँग्रेस र माओवादीबीच गठबन्धन हुँदा पनि एमालेले प्रमुख र उपप्रमुख दुबै पद जितेको थियो । प्रमुख पदमा काँग्रेसका उम्मेदवार अनन्त पौड्यालले ५ हजार १५४ मत ल्याउँदा एमालेका उम्मेदवार मधुकृष्ण पन्तले ५ हजार ५५१ मत ल्याएर जित हासिल गरेका थिए ।

यी पालिकामा एमालेलाई चुनौती

अघिल्लो चुनावको मत परिणामलाई आधार मानेर हेर्ने हो भने रेसुङ्गा र मुसिकोट नगरपालिका तथा गुल्मीदरबार गाउँपालिका, सत्यवती गाउँपालिका, चन्द्रकोट गाउँपालिका, कालीगण्डकी गाउँपालिका, धुर्कोट गाउँपालिका र मालिका गाउँपालिकामा एमाले कमजोर हुन सक्ने देखिन्छ ।

सत्यवती र कालीगण्डकी गाउँपालिकामा अघिल्लो निर्वाचनमा एमाले र राष्ट्रिय जनमोर्चाबीच तालमेल भएको थियो । अर्कोतिर काँग्रेस र माओवादीबीच गठबन्धन भएको थियो ।

यी दुई गठबन्धनमध्ये सत्यवतीमा एमालेले उपाध्यक्ष पदन जितेको थियो भने काँग्रेस–माओवादी गठबन्धनबाट काँग्रेसका पारिश्वर ढकालले पालिका अध्यक्ष पदमा जित हासिल गरेका थिए । पालिका अध्यक्ष पदमा एमाले उम्मेदवार अमरसिंह सिंजापति जम्मा ४४ मतान्तान्तरले पराजित भएका थिए ।

ढकालले ५ हजार १९७ मत प्राप्त गर्दा सिंजापतिले ५ हजार १५३ मत प्राप्त गरेका थिए । अहिलेको अवस्थामा एमाले विभाजन भइसकेका कारण यो पालिकामा सबै दल एक्लाएक्लै चुनाव लडेको अवस्थामा पनि एमालेलाई विभाजनको असरले जित हासिल गर्न कठिन हुने आँकलन गरिएको छ ।

यस्तै, कालीगण्डकी गाउँपालिकामा पनि यी दुई गठबन्धन बीच चुनावी प्रतिस्पर्धा हुँदा एमाले उम्मेदवार टिकाराम ढाकाललाई ५१९ मतान्तरले पराजित गर्दै काँग्रेसका बेद थापा मगरले पालिका प्रमुख पद जितेका थिए । थापाले ४ हजार २८९ मत प्राप्त गरेका थिए भने ढकालले ३ हजार ७७० मत र राप्रपाले ४१ मत प्राप्त गरेको थियो ।

धुर्कोट गाउँपालिकामा पनि काँग्रेस–माओवादी र एमाले–जनमोर्चा गठबन्धनबीच अघिल्लो निर्वाचनमा प्रतिस्पर्धा भएको थियो । त्यहाँ माओवादीका भुपाल पोखरेलले एमालेका कृष्ण घिमिरलाई ३६३ मतान्तरले पराजित गर्दै पालिका प्रमुख पद जितेका थिए भने काँग्रेसका शिवहादुर केसी उपप्रमुखमा विजयी भएका थिए । पोखरेलले ५ हजार ११६ मत प्राप्त गर्दा घिमिरेले ४ हजार ७५३ मत प्राप्त गरेका थिए ।

चन्द्रकोट गाउँपालिकामा काँग्रेसका द्रोणबहादुर खत्री ३ हजार ३४० मत ल्याएर विजयी हुँदा निकटतम प्रतिस्पर्धी एमालेका मिनलाल श्रेष्ठले ३ हजार ६२ मत ल्याएका थिए । यहाँ माओवादी केन्द्रका युवराज केसीले २ हजार २३८ मत हासिल गरेका थिए ।

त्यस्तै मालिका गाउँपालिकामा एमालेका रितबहादुर थापाले ४ हजार ४२ मत प्राप्त गरी जित हासिल गर्दा उनका निकटतम प्रतिस्पर्धी काँग्रेसका ज्ञानबहादुर कार्कीले ३ हजार ४४७ मत प्राप्त गरेका थिए । माओवादी केन्द्रका प्रमुख पदका उम्मेदवार देवीराम अर्यालले २ हजार ४० मत प्राप्त गरेका थिए । यहाँ एमाले विभाजनको असर कत्तिको पर्छ भन्ने विषयले एमालेको जित वा हारलाई निर्धारण गर्ने देखिन्छ । अर्कोतिर सत्तारुढ गठबन्धनबीच तालमेल भएको खण्डमा यो पालिकामा एमाले कमजोर हुन सक्ने देखिन्छ ।

अघिल्लो निर्वाचनमा जिल्लाका दुई नगरपालिका रेसुङ्गा र मुसिकोटमा तीन प्रमुख दल एक्लाएक्लै लडेका थिए । एमालेबाट मुसिकोट नगरपालिकाका मेयर सोमनाथ सापकोटाले नेपाली काँग्रेसका कृष्णहरि सापकोटालाई एक हजार ८१ मतले पराजित गरेका थिए । सोमनाथले ६ हजार ६६८ मत प्राप्त गर्दा कृष्णहरिले ५ हजार ५८७ प्राप्त गरेका थिए । माओवादी केन्द्रका उम्मेदबार खुमबहादुर थापाले ७१३ मत ल्याएका थिए ।

तर अहिले त्यहाँका प्रभावशाली युवा नेता श्रीराम महत सहितका सयौं एमाले कार्यकर्ता एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । यसले गर्दा आसन्न निर्वाचनमा यो पालिकामा एमालेलाई ठुलो धक्का लाग्न सक्ने देखिन्छ ।

त्यस्तै रेसुुङ्गा नगरपालिकामा अघिल्लो निर्वाचनमा नेपाली काँग्रेसका मेयर पदका उम्मेदवार भुवन प्रसाद श्रेष्ठलाई एमालेका डिल्लीराज भुसालले जम्मा १८७ मतान्तरले पराजित गरेका थिए । भुसालले ६ हजार ४०५ मत प्राप्त गरेका थिए भने श्रेष्ठले ६ हजार २१८ मत र माओवादी केन्द्रका उम्मेदवार अशोक थापाले ४४३ मत ल्याएका थिए ।

यो नगरपालिकामा तीन प्रमुख दल एक्ला एक्लै चुनावमा प्रतिस्पर्धा गरेको अवस्थामा पनि एमालेलाई पराजित गर्न नेकपा एकीकृत समाजवादी मात्रै पनि भारी पर्न सक्ने आँकलन गरिएको छ ।

गुल्मीदरबार गाउँपालिकामा काँग्रेसका अशोक कुमार थापाले ५ हजार ५६५ मत ल्याएर जित हासिल गरेका थिए । यहाँ एमालेका कृष्ण भुसालले ४ हजार ७५० मत ल्याएका थिए । एमाले विभाजन भइसकेका कारण अहिले यो पालिकामा आफू एक्लै लडे पनि सहजै जित्ने काँग्रेसको आँकलन छ ।

Kamal Panthi

Recent Posts

बिर्तामोडका युवा उद्यमी विनोद बस्नेत असामयिक निधनले बिर्तामोड स्तब्ध बस्नेत घरमै मृत फेला

बिर्तामोड, झापा — झापा गोल्डकपका पूर्वअध्यक्ष तथा बिर्तामोडका चर्चित युवा उद्यमी विनोद बस्नेत आफ्नै निवासमा…

56 years ago

बिर्तामोडमा क्राइटेरियन एजुकेशन फाउण्डेशन सञ्चालनमा

बिर्तामोड- झापाको बिर्तामोडमा क्राइटेरियन एजुकेशन फाउण्डेशन सञ्चालनमा आएको छ । नयाँ वर्षको थालनीसँगै बिर्तामोडमा क्राइटेरियन…

56 years ago

त्रिभुवन विश्वविद्यालय र जापानी सहकार्यमा प्रविधिमैत्री संगीत पाठ्यक्रम: एआईमार्फत नेपाली कला-संस्कृतिको विश्विकरण

काठमाडौँ — त्रिभुवन विश्वविद्यालयले जापानको युनिभर्सिटी अफ इन्फरमेटिक्स कोतो (केसीजीआई)  सँगको सहकार्यमा प्रविधिमैत्री संगीतसम्बन्धी नयाँ…

56 years ago

आमाको मुख हेर्ने पर्व : ममता, श्रद्धा र आशीर्वादको दिव्य उत्सव

काठमाडौँ – आमाको मुख हेर्ने पर्व : श्रद्धा, भक्ति र आशीर्वादको अनुपम अवसर हरेक वर्ष…

56 years ago

बिर्ताबजारमा नयाँ पार्क निर्माणको थालनी : हरित बिर्तामोड अभियानमा सक्रिय सहभागिता

बिर्तामोड , २०८०, २२ जेष्ठ सोमबार बिर्ताबजार स्थित महेन्द्ररत्न माध्यमिक विद्यालय अगाडि विश्व वातावरण दिवसका…

56 years ago

मञ्जु ओली मञ्जुश्री अशाहाय संरक्षण केन्द्र झापा शाखाको नयाँ अध्यक्षमा चयन

झापा। मञ्जुश्री अशाहाय संरक्षण केन्द्र, झापा शाखाको नेतृत्वमा नयाँ ऊर्जा थपिँदै मञ्जु ओलीले अध्यक्ष पद…

56 years ago