काँग्रेससँग अन्य दलको तुलना हुनै नसक्ने- सिंह

काठमाडौं: नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले नेपाली काँग्रेससँग अन्य दलको तुलना हुनै नसक्ने बताएका छन् । काँग्रेस जनजनको मनमा बसेको पुरानो र भरपर्दो पार्टी भएको सिंहले बताए । काँग्रेस को एक महिने अभियान अन्तर्गत आइतबार विहान बानेश्वरमा आयोजित कार्यक्रममा उनले वर्तमान सत्ता गठबन्धन काँग्रेसको चाहाना नभइ मुलुकको बाध्यात्मक अवस्था को कारण बनेको बताए ।

संविधान र लोकतन्त्रको रक्षा गर्नका लागि गठबन्धन निर्माण गरेर जानू पर्ने बाध्यता काँग्रेसलाई आइपरेको कुरा बिर्सन नहुने बताए । स्थानीय निर्वाचनका सम्बन्धमा काँग्रेसले जारी केन्द्रीय समिति बैठकबाट उपयुक्त निर्णय लिने सिंहले बताए ।​ पार्टीले गर्ने निर्णय सबैले पालना गरेर जनतामा जानुपर्ने उनको भनाइ छ ।

काँग्रेसका सबै कमिटी हरुले उम्मेदवार सिफारिस गर्दा विधानको परिधिभित्र रहेर गर्न समेत सिंहको आग्रह छ । टिकटका लागि सबैले प्रयास गर्न पाउने भन्दै पार्टी खडा गरेकाे उम्मेदवारलाई एकढिक्का भएर जिताउन लाग्नुपर्ने उनले बताए ।

यस्तै उनले विगतमा अवसर पाउँदा कुन दलले कस्तो काम गरे त्यसको मुल्यांकन गर्ने बेला आएको बताए । सबैलाई मिलाएर काम गर्न सक्ने दल काँग्रेस नै भएकाले काँग्रेसलाई जिताउन लाग्न आग्रह गरे ।
सार्वजनिक बहसमा सहभागी भएर काँग्रेसले गरेका कामबारे प्रचारप्रसारमा लाग्न पर्ने उनले कार्यकर्तालाई निर्देशन दिए ।

Kamal Panthi

Recent Posts

श्रेष्ठ द्वारा नेपाल धितोपत्र बोर्ड अध्यक्ष पदबाट राजीनामा

काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago