रवीन्द्र अधिकारी स्मृति पत्रकारिता पुरस्कार स्थापना

पोखरा: नेकपा (एमाले)का तत्कालीन युवा नेता एवम् पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री नेता रवीन्द्र अधिकारीका स्मृतिमा पत्रकारिता पुरस्कार स्थापना हुने भएको छ । स्व अधिकारीको तेस्रो स्मृति दिवसका अवसरमा रवीन्द्र अधिकारी स्मृति प्रतिष्ठानद्वारा शनिबार यहाँ आयोजित ‘रवीन्द्र अधिकारी र मिडिया’ विषयक अन्तक्रिया कार्यक्रममा सो जानकारी दिइएको हो ।

प्रतिष्ठानका अध्यक्ष विद्या भट्टराईले विकास र पर्यटन क्षेत्रमा कलम चलाउने सञ्चारकर्मीलाई सम्मानस्वरुप उक्त पुरस्कारबाट पुरस्कृत गरिने जानकारी दिइन् । उनले पुरस्कारका लागि यस वर्षबाट २५ लाखको अक्षयकोष स्थापना गरी सुरूआत गरिने बताइन् । उनका अनुसार उक्त पुरस्कार अधिकारीको जन्म दिन वैशाख २२ को अवसर पारेर प्रदान गरिने छ ।

सो अवसरमा प्रतिष्ठानका महासचिव धनराज आचार्यले तेस्रो स्मृति दिवस त्रिदिवसीयरूपमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाउन लागिएको जानकारी दिए ।

कार्यक्रममा प्रतिष्ठानका सदस्य दीपेन्द्र श्रेष्ठ, प्रेस स्वतन्त्र सेनानी बद्री विनोद प्रतीक, अग्रज पत्रकार पुण्य पौडेल, पत्रकार महास्रघ कास्कीका अध्यक्ष विमला भण्डारीलगायतका सञ्चाकर्मीले स्व अधिकारीले सञ्चारलगायत विविध क्षेत्रमा पु¥याएको योगदानको बारेमा चर्चा गरेका थिए । रासस

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago