३ सय लिटरका खाली ड्रममाथि काठका फलेक हालेर गाडी तार्दै !!

कालीकोट: पलाता गाउँपालिका–१ पुलाहाका परिलाल भण्डारी मंगलबार छिमेकी अजबहादुर भण्डारीले खरिद गरेर ल्याएको नयाँ जिप तार्न गाउँबाट झन्डै ३ घण्टा हिँडेर कर्णाली नदी किनारको घाटपारीचौर पुगे । गाडी पर्छिएर गाउँमा ल्याउने योजनासहित करिब ५० छिमेकीसहित कर्णाली नदीको किनारमा पुगेका ६२ वर्षीय परिलालले मंगलबार नै आफ्नो अन्तिम दिन होला भनेर सोचेका थिएनन् ।

छिमेकीको से–१ ज ९६० नम्बरको बोलेरोको ठक्करबाट परिलालको कर्णाली नदी किनारामै ज्यान गयो । ‘छिमेकीलाई सहयोग गर्नुपर्छ भनेर घरबाट गया (गए),’ उनकी पत्नी रामसरी भण्डारीले भनिन् ‘कहिल्यै नफर्किने गरी हामीलाई छोडे ।’ उनका ४ छोरा २ छोरी छन् । दक्ष मिस्त्रीको काम गर्ने भण्डारीको मृत्युपछि परिवारमा जीविकोपार्जनको समस्या परेको छ ।
नदी पारि तार्न लागेको गाडीले ठक्कर दिँदा स्थानीय ९ जना घाइते भएका छन् । दुर्घटनामा गम्भीर घाइते भएका पलाता–९ का वडाध्यक्ष टक्कवहादुर बम, गाउँ कार्यपालिका सदस्य ४० वर्षीय बाचे विक, पलाता–१ का ३५ वर्षीय सर्जन भण्डारी र पलाता–९ का २४ वर्षीय रत्न विकलाई नेपाली सेनाको हेलिकोप्टरमा सुर्खेत लगिएको छ । सामान्य घाइते भएका शिक्षक कलबहादुर भण्डारी, स्थानीय डोइला भण्डारी, मनिजन शाही, मनराज परियार, दर्ज दमाई, पार्वती विक, रमित विकलगायतको पलाता अस्पतालमा उपचार भएको छ । सामान्य घाइतेलाई घर पठाइसकिएको पलाता अस्पतालका डा. विजयकुमार महतोले बताए । कर्णाली नदीमा पुल नहुँदा पेट्रोल र डिजेल हाल्ने ३ सय लिटरका खाली ड्रममाथि काठका फ्ल्याक हालेर डुंगा बनाइएको छ । पताला जाने गाडीलाई त्यही डुंगाबाट पारि तार्ने गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मंगलबार पनि जोखिमपूर्ण तरिकाले गाडी तार्दा दुर्घटना भएको हो । ‘गाडी तारेको खुसियाली साट्न गाडी चालक टीका थाप्न बाहिर झरेका रहेछन्,’ जिल्ला प्रहरी प्रमुख डीएसपी सिद्धराज न्यौपानेले भने, ‘त्यहीबेला अर्का व्यक्तिले गाडी चलाउन खोज्दा घटना भएको देखिन्छ ।’ उनका अनुसार

गैरहचालक धनमानसिंह बमले गाडी चलाउन खोज्दा अनियन्त्रित भई दुर्घटना भएको हो । गाडी चलाउने गैरचालक र चालक दुवैलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ ।

कर्णाली नदी तर्ने पक्की पुल नहुँदा पलातावासीले दुःख पाइरहेको गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर बमले बताए । ‘हेलिकोप्टर छिटो आएकाले अन्य घाइतेलाई समयमै सुर्खेत पुर्‍याउँदा उनीहरूको ज्यान बच्यो,’ उनले भने, ‘नत्र ठूलो मानवीय क्षति हुने रहेछ ।’ कर्णाली नदीमा पुल नभएपछि उनकै पहलमा ड्रम बाँधेर जिप तार्ने योजना अघि सारिएको थियो । पलाता गाउँपालिकाले ३ वर्षअघि पनि ९६ लाख रुपैयाँमा खरिद गरिएका २ वटा जिप ड्रममै चढाएर नदी तारेको थियो । ती जिपमध्ये एउटा बिग्रिएर थन्किएको छ । अर्को धौलागोह स्वास्थ्यचौकीले एम्बुलेन्सको रूपमा प्रयोग गरिरहेको छ ।

Kamal Panthi

Recent Posts

श्रेष्ठ द्वारा नेपाल धितोपत्र बोर्ड अध्यक्ष पदबाट राजीनामा

काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago