आठ सदस्यीय मन्त्रिपरिषद् गठन

२०७९, ११ पुष सोमबार २२:४२

सोमबार आठ सदस्यीय मन्त्रिपरिषद् गठन भएको छ ।प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मन्त्रिपरिषदमा प्रचण्डले ३ जनालाई उपप्रधानमन्त्री बनाउनुभएको छ ।

नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल, नेकपा माओवादी केन्द्रका बरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपप्रधानमन्त्री बन्नुभएको छ ।

राष्ट्रपति भवन शितल निवासमा सोमबार आयोजित कार्यक्रममा विष्णु पौडेलले अर्थमन्त्री, भौतिक पूर्वाधार तथा यातायातमन्त्रीमा नारायणकाजी श्रेष्ठ र गृहमन्त्रीमा रवि लामिछानेले पद तथा गोपनियताको शपथ लिएका छन्। पौडेल र श्रेष्ठ यस अघिपनि उपप्रधानमन्त्री भैसक्नुभएको हो भने लामिछाने पहिलोपटक मन्त्री बन्नुभएको हो ।

Comments

ताजा खबर