काठमाडौँ- ललितपुर महानगरपालिकाको प्रमुखमा दोस्रो कार्यकालका लागि नेपाली कांग्रेसका चिरीबाबु महर्जन निर्वाचित हुनुभएको छ । नगर उपप्रमुखमा नेकपा (एमाले) की मञ्जली शाक्य विजयी हुनुभएको छ ।
प्रमुखमा निर्वाचित महर्जनले ४२ हजार ७२२ मत पाउनुभएको छ भने उहाँका निकटतम् प्रतिद्वन्द्वी एमालेका हरिकृष्ण ब्यञ्जनकारले २४ हजार ५६० मत पाउनुभयो । त्यस्तै नगर उपप्रमुखमा शाक्य २५ हजार ८५ मत ल्याएर विजयी हुनुभएको छ । उहाँका निकटतम् प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र)का बाबुराज बज्राचार्यले १८ हजार ७५२ मत पाउनुभएको छ ।
मेयर चिरिबाबु महर्जनले पदभार ग्रहणसँगै तीन वटा निर्णय गरेका छन्। मेयर महर्जनले वडास्तरीय विकास निर्माण र सम्पादन हुने काम सबै वडाबाटै गर्ने, चक्रपथ बाहिरका क्षेत्रबाट पनि फोहोरमैला संकलन गर्ने र अनलाइनबाट राजस्व तिर्ने व्यवस्था गर्ने तीन निर्णय गरेका हुन्।
उनी श्रीमतीसहित पदभार ग्रहणका लागि महानगरपालिका कार्यालय पुगेका हुन्।
उनले वडाबाट सम्पादन गरिने कुनै पनि कामका लागि नगरपालिकामा आउनु नपर्ने पनि बताए।
उनले महानगरका २९ वटै वडाबाट फोहोर संकलन गर्ने पनि बताए।
त्यस्तै, अनलाइनमार्फत राजस्व संकलनको व्यवस्था गर्ने पनि घोषणा पनि महर्जनले गरे।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…