ललितपुर महानगर प्रमुखमा पुन ,महर्जन विजयी: पदभारसँगै गरे यी ३ निर्णय

२०७९, १२ जेष्ठ बिहीबार ०६:३८

काठमाडौँ- ललितपुर महानगरपालिकाको प्रमुखमा दोस्रो कार्यकालका लागि नेपाली कांग्रेसका चिरीबाबु महर्जन निर्वाचित हुनुभएको छ । नगर उपप्रमुखमा नेकपा (एमाले) की मञ्जली शाक्य विजयी हुनुभएको छ ।

प्रमुखमा निर्वाचित महर्जनले ४२ हजार ७२२ मत पाउनुभएको छ भने उहाँका निकटतम् प्रतिद्वन्द्वी एमालेका हरिकृष्ण ब्यञ्जनकारले २४ हजार ५६० मत पाउनुभयो । त्यस्तै नगर उपप्रमुखमा शाक्य २५ हजार ८५ मत ल्याएर विजयी हुनुभएको छ । उहाँका निकटतम् प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र)का बाबुराज बज्राचार्यले १८ हजार ७५२ मत पाउनुभएको छ ।

मेयर चिरिबाबु महर्जनले पदभार ग्रहणसँगै तीन वटा निर्णय गरेका छन्। मेयर महर्जनले वडास्तरीय विकास निर्माण र सम्पादन हुने काम सबै वडाबाटै गर्ने, चक्रपथ बाहिरका क्षेत्रबाट पनि फोहोरमैला संकलन गर्ने र अनलाइनबाट राजस्व तिर्ने व्यवस्था गर्ने तीन निर्णय गरेका हुन्।

उनी श्रीमतीसहित पदभार ग्रहणका लागि महानगरपालिका कार्यालय पुगेका हुन्।

उनले वडाबाट सम्पादन गरिने कुनै पनि कामका लागि नगरपालिकामा आउनु नपर्ने पनि बताए।

उनले महानगरका २९ वटै वडाबाट फोहोर संकलन गर्ने पनि बताए।

त्यस्तै, अनलाइनमार्फत राजस्व संकलनको व्यवस्था गर्ने पनि घोषणा पनि महर्जनले गरे।

Comments

ताजा खबर