झापा गाउँपालिकामा कुन कुन पार्टीले उम्मेदवारी दर्ता ?

झापा गाउँपालिकामा नेकपा एमालेले ३७ पदमै उम्मेदवारी दिएको छ ।
गाउँपालिका अध्यक्षमा गौंरीशंकर राजवंशी र उपाध्यक्षमा देवीमाया कोईराला रहेका छन् भने वडा अध्यक्षमा १ नं. वडावाट माधव पोख्ररेल ,२ बाट नेत्रबहादुर खड्का ,३ बाट खड्ग राजवंशी , ४ बाट राजुजंग भारती , ५ बाट रामजी दुलाल , ६ बाट हेमबहादुर.कार्की, ७ बाट सारद तिम्सिना रहेका छन् । त्यसैगरी माओवादी केन्द्रबाट गाउँपालिका अध्यक्षमा रुद्र बजगाई र उपाध्यक्षमा मुनावती गणेश रहेका छन् । वडा अध्यक्षहरुमा १ बाट जालिम मियाँ , २ बाट तेजनारायण राजवंशी ३ बाट खड्गप्रसाद बस्नेत , ४ बाट मण्डल मर्डी , ५ बाट सावेद अली , ६ बाट राजमणी रसाईली र ७ बाट लोकबहादुर बस्नेत रहेका छन् ।
यसैगरी काँग्रेसले पनि ३७ वटा पदमै उम्मेदवारी दिएको छ । गाउँपालिकाको अध्यक्षमा जयनारायण शाह र उपाध्यक्ष अन्जु थपलिया रहेका छन् भने वडा अध्यक्षको उम्मेदवारमा १ बाट राजकुमार यादव , २ बाट हिमाल चम्लागाई , ३ बाट भागिरथप्रसाद गणेश , ४ बाट महमद ताहिर , ५ बाट सेल्ठु गणेश , ६ बाट नविनकिशोर थापा र ७ बाट सकिचन ठाकुर रहेका छन् ।
त्यसैगरी राप्रपाबाट गाउँपालिका अध्यक्षमा चन्द्रबहादुर कार्की र उपाध्यक्षमा तारामाया राई रहेका छन् भने वडा अध्यक्षको उम्मेदवारमा १ बाट रामबहादुर कार्की , २ बाट गोपाल राउत , ३ बाट यामबहादुर कार्की , ४ बाट रविन्द्र खत्री , ५ बाट रहमद तुलाह मियाँ , ६ बाट हस्तबहादुर वोहरा र ७ बाट यज्ञप्रसाद उप्रेती रहेका छन् ।
यसैगरी नेकपा समाजवादी र जसपा पार्टीवीच गठवन्धन भएको छ । जसपावाट गाउँपालिकाको अध्यक्षमा मोहितलाल कामती र समाजवादीबाट उपाध्यक्षमा ईश्वरीप्रसाद दाहाल रहेका छन् भने वडा अध्यक्षको उम्मेदवारहरुमा १ बाट पवनलाल कोच, ३ बाट साम महमद, ४ बाट उमाप्रसाद गणेश , ५ बाट विष्णु महतो , ६बाट हेमबहादुर प्रधान र ७ बाट जीवनाथ लम्साल रहेका छन् । यसैगरी लोसपा पार्टीले ५ नं वडा अध्यक्षको उम्मेदवारमा भद्रुलाल राजवंशीलाई उठाएको छ ।
Sanjay poudyal

Share
Published by
Sanjay poudyal

Recent Posts

बिर्तामोडका युवा उद्यमी विनोद बस्नेत असामयिक निधनले बिर्तामोड स्तब्ध बस्नेत घरमै मृत फेला

बिर्तामोड, झापा — झापा गोल्डकपका पूर्वअध्यक्ष तथा बिर्तामोडका चर्चित युवा उद्यमी विनोद बस्नेत आफ्नै निवासमा…

56 years ago

बिर्तामोडमा क्राइटेरियन एजुकेशन फाउण्डेशन सञ्चालनमा

बिर्तामोड- झापाको बिर्तामोडमा क्राइटेरियन एजुकेशन फाउण्डेशन सञ्चालनमा आएको छ । नयाँ वर्षको थालनीसँगै बिर्तामोडमा क्राइटेरियन…

56 years ago

त्रिभुवन विश्वविद्यालय र जापानी सहकार्यमा प्रविधिमैत्री संगीत पाठ्यक्रम: एआईमार्फत नेपाली कला-संस्कृतिको विश्विकरण

काठमाडौँ — त्रिभुवन विश्वविद्यालयले जापानको युनिभर्सिटी अफ इन्फरमेटिक्स कोतो (केसीजीआई)  सँगको सहकार्यमा प्रविधिमैत्री संगीतसम्बन्धी नयाँ…

56 years ago

आमाको मुख हेर्ने पर्व : ममता, श्रद्धा र आशीर्वादको दिव्य उत्सव

काठमाडौँ – आमाको मुख हेर्ने पर्व : श्रद्धा, भक्ति र आशीर्वादको अनुपम अवसर हरेक वर्ष…

56 years ago

बिर्ताबजारमा नयाँ पार्क निर्माणको थालनी : हरित बिर्तामोड अभियानमा सक्रिय सहभागिता

बिर्तामोड , २०८०, २२ जेष्ठ सोमबार बिर्ताबजार स्थित महेन्द्ररत्न माध्यमिक विद्यालय अगाडि विश्व वातावरण दिवसका…

56 years ago

मञ्जु ओली मञ्जुश्री अशाहाय संरक्षण केन्द्र झापा शाखाको नयाँ अध्यक्षमा चयन

झापा। मञ्जुश्री अशाहाय संरक्षण केन्द्र, झापा शाखाको नेतृत्वमा नयाँ ऊर्जा थपिँदै मञ्जु ओलीले अध्यक्ष पद…

56 years ago