बिन्दु पंथी,काठमाडौं : नुवाकोटको बेलकोट गडि १० धमेला का १९ बर्षका मिलन पंथ एक्काइसौ सताब्दीका एक उदाहरणिय युवा कृषक बन्ने गतिमा अगाडी बढिरहेका छन्। मिलन नामजस्तै मिलनसार र धेरै मिहिनेति कुखुरा पालक कृषक हुन।

अहिले अधिकांश युवाहरु श्रम बेच्न वा अध्ययनको शिलशिलामा लाखौ रुपैया खर्च गरिरहेको र बिदेशमा बिभिन्न काम गर्न गइराखेको बेलामा आफ्नै देशमा केहि गर्नुपर्छ भन्ने पवित्र सकरात्मक सोचभएका १९ वर्षीय मिलनले कक्षा १०+२ सम्मको अध्ययन गरेका छन्। मिलनले अहिले आफ्नो पुर्खोली जग्गामा कुखुरा पालन व्यवसायिक रुपमा गरिराखेका छन्।

यसरी कुखुरा पालन गरिराख्दा मिलनले आफ्नो अध्ययनलाई पनि संगसंगै लैजाने सोचमा रहेको बताउँछन् । उनले देशलाई आत्म निर्भर बनाउन सबै नेपालीहरुले आफ्नो आफ्नो ठाँउबाट योगदान गर्नुपर्ने बताउँछन। उनले कुखुरा पालनको साथ साथै व्यवशायिक कृर्षिमा जोड तोडले लागेकाछन्। यसरी सिजनअनुसारका तरकारी खेतिपनि संगसंगै लगिराखेको बताउँछन्।

समाचार संकलनमा पुग्दा मिलन आफ्नै कुखुरा फर्ममा कुखुराको स्यारसुसारमै तल्लिन देखिनथिए , व्यवशायको कुरागर्दा देशमै केहि गर्दै अध्ययन लाईपनि संगसंगै लैजाने र आफ्नो यो कुखुरा फर्म लाई देशकै नमुना आधुनिक कुखुरा पालनको रुपमा अगाडि लैजाने चाहाना रहेको बताउँदै अहिले सानो ठाउमा कुखुरा पालन गर्दापनि घरखर्च पुराएर बिस देखि पचास हजारसम्म महिनाको कमाइ भइराखेको बताउँछन् ।

अब आउदो समयमा व्यबशायिक कृर्षि फर्म दर्तागरि केहि बैकबाट लोन लिएर व्यबस्थित गर्ने सोचमा छन्। यसरी सानो उमेरमै राम्रो कामगरेर युवाहरुको उदाहरणिय काम गरेका छन्।

Kamal Panthi

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago