बुहारीले सासू गंगीको हत्या

कल्पना श्रेष्ठ ,दाङ: दाङमा प्रहरीले सासूको हत्या गरेको आरोपमा बुहारीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बबई गाउँपालिका-७ की २२ वर्षीया जमुना कुँवर रहेको इलाका प्रहरी कार्यालय खिलतपुरले जनाएको छ ।

६५ वर्षीया सासू गंगी कुँवरलाई हँसिया र चक्कु प्रहार गरेर हत्या गरेको आरोपमा बुहारी जमुना कुँवरलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय खिलतपुरका प्रहरी निरीक्षक नवीन चुँदालीले बताए । पक्राउ परेकी बुहारीले सासू गंगीको हत्या गरेको स्वीकार गरिसकेको उनले बताए ।

प्रहरी निरीक्षक चुँदालीका अनुसार केही समय यता सासू-बुहारीबीच मनमुटाव हुँदै आएको थियो । सोही क्रममा मंगलबार सासू गंगी खेतमा काम गरेर फर्कने बेला बिहान ९ बजे जमुनाले हत्या गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुलेको छ ।

गंगीको शव मंगलबार शान्तिनगर गाउँपालिका-६ स्थित कोरबाङको नर्सरीमा फेला परेको थियो । मृतकका छोरा रोजगारीको सिलसिलामा स्याङजा बस्दै आएका छन् ।

Kamal Panthi

Recent Posts

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago

मध्यरातमै प्रतिनिधिसभा विघटन, फागुन २१ मा आमनिर्वाचन घोषणा

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…

56 years ago