सांसद प्रमोद साहमाथि आक्रमण, काठमाडौं ल्याइँदै

सर्लाही: जनता समाजवादी पार्टी(जसपा) का संघीय सांसद प्रमोद साहमाथि आक्रमण भएको छ । शनिबार सर्लाहीको ईश्वरपुर नगरपालिकाको बयलबास बजारमा बाटो बनाउने विषयमा भएको विवादपछि जसपाका प्रमुख सचेतकसमेत रहेका साहमाथि आक्रमण भएको हो । टाउकोमा गहिरो चोट लागेका साहलाई उपचारका लागि काठमाडौं लैजाने तयारी भइरहेको छ ।
फुलजोर–त्रिभुवननगर सडक खण्ड विस्तारका क्रममा बयलबास बजारस्थित फुलजोड युवा क्लबको भवन बनाउने कि बाटो कायम गर्ने भन्ने विषयमा दुई पक्षबीच विवाद थियो । सोही विवाद बढ्दै जाँदा शनिबार बिहान दुई पक्षबीच झडप भएको हो ।
सांसद साह पक्षले बाटो कायम हुनुपर्ने अडानमा थिए भने अर्को पक्षले क्लबकै भवन बन्नुपर्ने अडान राख्दै आएका थिए । दुई पक्षबीच मतान्तर बढेपछि केहीबेर ढुंगा हानाहानसमेत भएको थियो ।

झडपमा ढुंगा प्रहार सांसद साहको टाउकोमा गहिरो चोट लागेको प्रहरीले जनाएको छ । चोट लागेर गम्भीर घाइते भएका साहलाई थप उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौं लाने तयारी भइरहेको इलाका प्रहरी कार्यालय केशरगंजले जनाएको छ ।

सांसद साहका आफन्त अनिल साहले भने सांसद साहको अगुवाइमा जसपाले नगरमा विरोध र्‍याली निकालिरहेको बेलामा २५–३० जना‍बाट आक्रमण भएको बताएका छन् । ‘उहाँ अहिले बोल्न सक्ने अवस्थामा हुनुहुन्छ, तर अवस्था गम्भीर छ । काठमाडौं रिफर गरेकाले उहाँ बाटोमा हुनुहुन्छ,’ उनले भने ।

घटनापश्चात प्रहरीले भीडलाई तितरबितर पारेर स्थिति नियन्त्रणमा लिएको छ ।

Kamal Panthi

Recent Posts

श्रेष्ठ द्वारा नेपाल धितोपत्र बोर्ड अध्यक्ष पदबाट राजीनामा

काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago