अनियन्त्रित वृद्धि भएको अवस्था क्यान्सर

शरीरमा कोषहरुको अनियन्त्रित वृद्धि भएको अवस्था क्यान्सर हो। मानिसको कपाल र नङ बाहेक हरेक अंगमा क्यान्सर हुने चिकित्सकहरु बताउँछन्। क्यान्सर नसर्ने रोग हो, यसको सहि समयमा सहि उपचार भएन भने यसले मानिसको ज्यान लिन सक्छ।

क्यान्सर लागेको अंग र क्यान्सरको चरणले बिरामी ठीक हुने अथवा नहुने कुरा निर्धारण गर्ने नेशनल हस्पिटल एण्ड क्यान्सर रिसर्च सेन्टर जावलाखेलका क्यान्सर रोग विशेषज्ञ तथा वरिष्ठ छाती रोग विशेषज्ञ डा. मदन कुमार पिया बताउँछन्।

हरेक वर्ष फ्रेब्रुअरी ४ मा क्यान्सरको बारेमा जनचेतना फैलाउन विश्वभर नै विश्व क्यान्सर दिवस मनाइन्छ। सन् २००८ देखि यूआई सिसी (इन्टरनेशनल युनियन अगेन्स्ट क्यान्सर) ले यो दिवस विभिन्न नारा सहित मनाउन थालेको हो।

क्यान्सर बेलैमा पहिचान भए निको हुन्छ भनेर जनचेतना फैलाईरहँदा क्यान्सर भएका बिरामीहरु ढिलो गरी अस्पताल आइपुग्ने गरेको डा. पिया बताउँछन्।

उनका अनुसार बिरामीलाई अझैपनि क्यान्सर भएको थाहा हुँदैन। नेपालमा अहिले धुम्रपान सेवनबाट हुने क्यान्सर धेरै भएको बताउँदै डा. पियाले यस्ता लक्षण देखिएमा क्यान्सर हुन सक्ने बताए।

१. तौल घट्नु,

२. छालामा भएका कोठी, मुसाको रंग बदलिदै जानु,

३. स्तनमा नदुख्ने गाठा आउने,

५. कुनै ठाउँको मासु, हड्डी छिटो छिटो बढेमा,

६. दिशा पिसाब गर्दा रगत देखिएमा,

७. लामो समय खोकी लागेमा,

८. खाना निल्न समस्या भएमा, मुख भित्र भएको घाउ निको नभएमा,

९. शरीरको जुनसुकै अंगमा असामान्य दुखाई भएमा।

नेपालमा पछिल्लो समय क्यान्सरको उपचार भइरहेको छ। क्यान्सर सम्बन्धि उपचार नेपालमा गर्न सकिन्छ।

Kamal Panthi

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago