काठमाडौँ: कतार फिफा विश्वकप-२०२२ अन्तर्गत दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिनाले कप्तान लियोनल मेस्सीको गोलसँगै भेनेजुएलामाथि ३-० अन्तरको सानदार जित निकालेको छ ।
शनिबार बिहान घरेलु मैदानमा अर्जेन्टिनालाई जिताउन निकोलस गोन्जालेज, एन्जल डि मारिया र कप्तान लियोनेल मेस्सीले गोल गरे ।
अर्जेन्टिनाले घरेलु दर्शक माझ पहिलो हाफमा एक तथा दोस्रो हाफमा दुई गोल थपेको थियो । ३४औं मिनेटमा निकोलस गोन्जालेजको गोलसंगै अर्जेन्टिनाले पहिलो हाफमा १–० को अग्रता बनायो । ७९औं मिनेटमा डि मारियाले गोल गरे ।
८२औं मिनेटमा डि मारियाकै पासमा कप्तान लियोनेल मेस्सीले गोल गर्दै अर्जेन्टिनाको सानदार जित निकाले । जितपछि अर्जेन्टिना १६ खेलबाट ३८ अंक जोडेर दोस्रो स्थानमा छ । पराजित भेनेजुएला १७ खेलबाट १० अंक जोडेर पुछारमा छ । अर्जेन्टिना भने यसअघिनै विश्वकपमा स्थान बनाइसकेको छ ।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…