अर्जेन्टिनाको सानदार जित, फिफा विश्वकप २०२२ छनोट

काठमाडौँ: कतार फिफा विश्वकप-२०२२ अन्तर्गत दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिनाले कप्तान लियोनल मेस्सीको गोलसँगै भेनेजुएलामाथि ३-० अन्तरको सानदार जित निकालेको छ ।

शनिबार बिहान घरेलु मैदानमा अर्जेन्टिनालाई जिताउन निकोलस गोन्जालेज, एन्जल डि मारिया र कप्तान लियोनेल मेस्सीले गोल गरे ।

अर्जेन्टिनाले घरेलु दर्शक माझ पहिलो हाफमा एक तथा दोस्रो हाफमा दुई गोल थपेको थियो । ३४औं मिनेटमा निकोलस गोन्जालेजको गोलसंगै अर्जेन्टिनाले पहिलो हाफमा १–० को अग्रता बनायो । ७९औं मिनेटमा डि मारियाले गोल गरे ।

८२औं मिनेटमा डि मारियाकै पासमा कप्तान लियोनेल मेस्सीले गोल गर्दै अर्जेन्टिनाको सानदार जित निकाले । जितपछि अर्जेन्टिना १६ खेलबाट ३८ अंक जोडेर दोस्रो स्थानमा छ । पराजित भेनेजुएला १७ खेलबाट १० अंक जोडेर पुछारमा छ । अर्जेन्टिना भने यसअघिनै विश्वकपमा स्थान बनाइसकेको छ ।

Kamal Panthi

Recent Posts

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago

मध्यरातमै प्रतिनिधिसभा विघटन, फागुन २१ मा आमनिर्वाचन घोषणा

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…

56 years ago