काठमाडौं: रुसले आक्रमण गरेयता युक्रेनको जनजीवन नराम्ररी प्रभावित भएको छ। मृत्युको डर र आर्थिक संकट सामना गरेर मानिसहरू बाँचिरहेका छन्।
यही समय पूर्व राष्ट्रपति पेट्रो पोरोसेन्को एके ४७ राइफल बोकेर सडकमा रुसी आक्रमणको प्रतिरोधमा उत्रिएका छन्। २०१९ सम्म युक्रेनको राष्ट्रपति रहेका पोरोसेन्को सेनाको एउटा बटालियन नै लिएर युद्धमा उत्रिएका हुन्।
उनले रुसको विध्वंशकारी आक्रमणको सामना गर्नका लागि बन्दुक बोकेर आएको बताए। किभको सडकमा भेटिएका पोरोसेन्कोसँग सीएनएनले गरेको अन्तर्वार्ता शुक्रबार प्रशारणमा आएको हो।
”सबैले बुझ्नुपर्छ, पुटिनले युक्रेनमा युद्ध छेडेका होइनन्। उनले पूरा विश्वमा युद्ध छेडेका हुन्। अहिले हामीलाई प्रत्येक व्यक्तिविरुद्ध युद्ध छेडेका हुन्,” उनले भने।
राष्ट्रपति पेरोसेन्कोले धेरैजसो युक्रेनी जनताले रुसी राष्ट्रपति पुटिनलाई घृणा गर्ने बताए। उनले लड्नका लागि हरेक युक्रेनी तयार भएपनि हतियारको अभाव रहेको बताए।
कतिन्जेलसम्म रुससँग लड्नुहुन्छ भन्ने प्रश्नको जवाफमा पोरोसेन्कोले भने, ”सधैंभरी।”
उनले थपे,”पुटिनले कहिल्यै युक्रेन कब्जा गर्न सक्दैनन्। उनीसँग जतिसुकै मिसाइल होस्, जतिसुकै हतियार होस। हामी युक्रेनीहरू ठूलो युरोपेली भविष्य भएका स्वतन्त्र व्यक्ति हौं।”
बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…
बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…
काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…