यसलाई भनिन्छ देश प्रेम, बन्दुक बोकेर सडकमा उत्रिए युक्रेनका पूर्व राष्ट्रपति

काठमाडौं: रुसले आक्रमण गरेयता युक्रेनको जनजीवन नराम्ररी प्रभावित भएको छ। मृत्युको डर र आर्थिक संकट सामना गरेर मानिसहरू बाँचिरहेका छन्।

यही समय पूर्व राष्ट्रपति पेट्रो पोरोसेन्को एके ४७ राइफल बोकेर सडकमा रुसी आक्रमणको प्रतिरोधमा उत्रिएका छन्। २०१९ सम्म युक्रेनको राष्ट्रपति रहेका पोरोसेन्को सेनाको एउटा बटालियन नै लिएर युद्धमा उत्रिएका हुन्।

उनले रुसको विध्वंशकारी आक्रमणको सामना गर्नका लागि बन्दुक बोकेर आएको बताए। किभको सडकमा भेटिएका पोरोसेन्कोसँग सीएनएनले गरेको अन्तर्वार्ता शुक्रबार प्रशारणमा आएको हो।

”सबैले बुझ्नुपर्छ, पुटिनले युक्रेनमा युद्ध छेडेका होइनन्। उनले पूरा विश्वमा युद्ध छेडेका हुन्। अहिले हामीलाई प्रत्येक व्यक्तिविरुद्ध युद्ध छेडेका हुन्,” उनले भने।

राष्ट्रपति पेरोसेन्कोले धेरैजसो युक्रेनी जनताले रुसी राष्ट्रपति पुटिनलाई घृणा गर्ने बताए। उनले लड्नका लागि हरेक युक्रेनी तयार भएपनि हतियारको अभाव रहेको बताए।

कतिन्जेलसम्म रुससँग लड्नुहुन्छ भन्ने प्रश्नको जवाफमा पोरोसेन्कोले भने, ”सधैंभरी।”

उनले थपे,”पुटिनले कहिल्यै युक्रेन कब्जा गर्न सक्दैनन्। उनीसँग जतिसुकै मिसाइल होस्, जतिसुकै हतियार होस। हामी युक्रेनीहरू ठूलो युरोपेली भविष्य भएका स्वतन्त्र व्यक्ति हौं।”

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago